काठमाडौं अमादब्लम होटलमा भारतीय नागरिक आदित्य गुरुङको हत्या

काठमाडौं– बुधबार राती काठमाडौंको गौशालास्थित अमादब्लम होटलमा एक भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको बताइएको छ ।

बुधबार मध्यराती कुटपिटका कारण गम्भिर घाइते भएका गुरुङलाई उपचारको लागी केएमसी अस्पतालमा भर्ना गरिएको थियो । गुरुङ बुधबार देखि सोही होटलमा बस्दै आएका थिए ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले डोंगी शेर्पा सहित पाँच जना होटलका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *