बाँदरलाई गोलि चलाउदा मानिसको मुत्यृ भएपछि

पाल्पाको तिनाउ गाउँपालिकाको मस्याम जंगलमा बाँदरलाई भनेर भरुवा बन्दुक चलाउँदा मान्छेलाई लागेपछि तिनाउ गाउँपालिका ६ का ६२ बर्षीय धनबहादुर थापाको मुत्यृ भएको छ ।

बन्दुक प्रहार गर्ने स्थानीय ३६ वर्षीय बलबहादुर लम्तरीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनले घर नजिकैबाट जंगलमा बाँदर जस्तो ठानेर भरुवा बन्दुक चलाउँदा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

अहिले प्रहरी चौकी प्रभाषको टोलीले घटनाको बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *