प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै अनिश्चितकालीन डोटी बन्द

सरकारले अस्थायी प्रदेश राजधानी बनाउने प्रस्ताव  गरेसँगै डोटीबासीले बन्दलगायत  संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

धबार बिहान बसेको प्रदेश नं. ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हाे । बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द भएका छन । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत बन्दले प्रभावित भएका छन् ।

एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *