प्रदेश नम्बर ७ राजधानी जनताले टुङ्गो लगाउछन, एक नेताले होइन् – लेखराज भट्ट

सरकारले कैलालीको धनगढीलाई प्रदेश–७ को अस्थायी राजधानी बनाउन लागेको विरोधमा डोटीलाई प्रदेश राजधानी बनाउनुपर्ने मागसहित सुरु भएको आन्दोलन नेता भट्टविरुद्ध केन्द्रित गरिएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको हो । माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं प्रदेश–७ का प्रचार विभाग प्रमुख ओमविक्रम भाट (सरल) ले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोनलाई भट्टविरुद्ध भड्काउन खोजिएको र उनको पुत्लासमेत दहन गरिएको भन्दै निन्दा गरेका छन् । भाटले काँग्रेस नेतृत्वको वर्तमान काम चलाउ सरकारले राजनीतिक दलको सहमतिबिना प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न लागेको र त्यसका नेता भट्टको कुनै भूमिका वा सहमति नरहेको बताए ।

 

‘काँग्रेसको नेतृत्वमा सरकार छ । प्रदेशको राजधानी तोक्ने काम काँग्रेसले गरेको हो’, भाटले भने, ‘दलहरुलागि बाइसाप गरेर सरकारले सत्ता लम्ब्याउन जथाभावी निर्णय गरिरहेको छ, यसमा हाम्रो सहभागिता र समर्थन दुवै छैन ।’ उनले विज्ञप्तिमा प्रदेशको राजधानी तोक्ने अधिकार सार्वभौम प्रदेश सभालाई मात्र भएको उल्लेख गर्दै हल्लाका भरमा तरंगित नहुन आग्रह गरेका छन् । मुलुकमा गणतन्त्र स्थापना गर्न, संविधान लेखन तथा संघीयतामार्फत सिंहदरबारको अधिकार गाउँनगरमा पु¥याउन योगदान गरेका नेता भट्टविरुद्ध गलत प्रचार गरिएको दाबी भाटले गरे । ‘माओवादी केन्द्र र कमरेड लेखराज भट्ट सदैव प्रदेश नम्बर–७ का जनताको विकास, समृद्धि र प्रगतका लागि लड्ने र जनचाहनाअनुसार अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छौं’, विज्ञप्तिमा भट्टले भनेका छन् ।

भाटले विज्ञप्तिमा दिपालयमा जारी आन्दोलनलाई वार्ता र संवादमार्फत निकास दिन तथा प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको परामर्श र प्रदेश–७ का जनताको भावनाअनुसार अस्थायी राजधानी तोक्न सरकारसँग माग गरेका छन् । आन्दोलनकारीले भने कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित नेता भट्टले धनगढीलाई प्रदेश राजधानी बनाउने आश्वासन दिएर भोट मागेको र हाल अस्थायी राजधानी तोक्ने क्रममा पनि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासँग साँठगाँठ रहेको आरोप लगाएका छन् । सुदूरपश्चिमका नेताहरु माओवादीका भट्ट र एमालेका भीम रावलमाथि देउवाको चाहनाअनुसार काम गर्ने गरेको आरोप लाग्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *