प्रदेश नम्बर ७ को मुख्य मन्त्रीका दाबेदार – प्रेम प्रकाश भट्ट

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अगाडि एमाले र माओवादीसहित दलले बामगठबन्धन बनाएर संयुक्त रुपमा चुनाव लडे । विकास र स्थिर सरकारको नारासहितको संयुक्त घोषणापत्र लिएर चुनावी मैदानमा उत्रेका ती दललाई सुविधाजनक बहुमत पनि प्राप्त भएको छ । तर, चुनावपछि विभिन्न कारण देखाएर सरकार गठनलगायतका काममा ढिलाई भैरहेको छ । चुनावलगत्तै पार्टी एकताको काम थाल्ने बताएका एमाले र माओवादीका नेताहरुवीच केही विषयमा विवाद देखिन थालेको छ ।  बामगठबन्धनको सरकार बन्यो भने त्यसको चरित्र कस्तो होला ?  प्रेदेशसभाको अस्थाई राजधानी सरकाले तोकिसके पनि प्रदेशको ढाँचा कस्तो बन्ला ?   बिकासको गति कुन तरिकाले अगाडि बढला भन्ने विषयमा केन्द्रित रहि बैतडि प्रदेश सभा ‘क’ बाट विजयी उमेदवार प्रेम प्रकास भट्ट आदित्य सँग टपलाईन खबरका सम्पादक प्रदिप भट्टले गरेको कुराकानी –

जननिर्वाचित हुनु भएको छ,  कतिको खुशि हुदो रहेछ ?

मलाई खुशि भन्दापनि जिम्मेवारि थपिएको महशुस भएको छ । जनताले मलाई जनादेश दिएर पठाएका छन् । जनताले दिएको जनादेशकाृे कदर गर्दै बैतडि बासिको मुहारमा खुसियाली दिलाउनकालागि अबको पाँच बर्ष विकास र समवृद्धिमा लागउने बाँचा गर्दछु ।

चुनाव प्रचार प्रसारको क्रममा बोलेका कुरा र प्रतिबद्धता पत्रमा लेखिएका बुदाहरु पुरा हुन्छन् ।

मैले चुनाव प्रचार प्रसारको क्रममा जनताहरु सँग बोलेका कुरा र हाम्रो चुनावि प्रतिवद्धता पत्रमा लेखिएका सबै कुरा पुरा गर्न प्रतिबद्ध छु ।
बैतडिका जनता अझै पनि गरिबिको रेखा मुनि छन् । तिनीहरुको आर्थिक अवस्था निकै दैनिय रहेकाले गरिबिको रेखामुनी रहेका जनतालाई विकास निर्माणको काममा संलग्न गराई उनीहरुको आर्थिक विकास गर्नकालागि म लागि पर्ने छु । युवा बेरोजगारिका कुराहरु छन् । जो राष्ट्रिय समस्यानै हो । अहिलेको सरकारको लागि । तर मैले जितेको क्षेत्र र मेरो प्रदेशको विकासकालािग नीतिगत समस्याहरुलाई पनि सामाधान गर्न मेरो प्रयास रहनेछ । संभावनाका हिसाबले हेर्ने हो भने जलविद्युत, जडिबुटी, पर्यटन, खनिजका हिसाबले बैतडि जिल्ला निकै संभाबना बोकेको जिल्ला हो । यो संभाव्यत्ता बोकेका क्षेत्रहरुको बिकास गर्नेगरि अबको पाँच बर्ष रणनैतिक महत्वको हिसाबले अगाडि बढ्ेर बिकासका गतिबिधि अगाडि बढाउने तफे मेरो ध्यान छ ।

स्थानीय निकायको क्षेत्राधिकार पर्ने ठाउँ छन्  प्रदेशले हस्तक्षेप गर्न मिल्दैन, कसरि व्यस्थापन गर्नु हुन्छ ? 
तपाई भन्नु भएको कुरा ठिक हो । स्थानीय निकायमा जनप्रतिनीधिहरु निर्वाचित भईसकेका छन् । उनी हरुको कार्य क्षेत्र, अधिकार प्रदेश सभाले हस्तक्षेप गर्ने नभई समन्वयकारी भुमिका खेल्छ । हामी पनि सहयो गछौं । प्रदेशको पनि आफ्नो कार्य क्षेत्र अधिकार हुन्छ । हामी प्रदेशसभाका सदस्यका हैसियतले आफ्नो काम कर्तव्य, अधिकार अगाडि बढाउछौं । त्यसमा कुनै हस्तक्षेपकारि भुमिका रहदैन् ।
तपाईले जितेको क्षेत्रको विकासमा तपाईको भुमिका प्रत्यक्ष हुन्क कि गौण ?

प्रत्यक्ष र गौण भन्ने कुराहुदैन् । स्थानीय निकायको कार्य क्षेत्र उसको पाएको अधिकार र प्रदेशसभाले प्राप्त गरेको अधिकारको आफ्नै आफ्नो भुमिका हुन्छ । कानुन हुन्छन । कानुन नमिचिने गरि प्रदेशसभा मार्फत स्थानीय निकायलाई मजबुद पादै विकास निमार्णका कार्य अधि बढाईनेछन् । मेरो तेरो भन्ने भावनालाई पुर्ण निषेधित गदै हाम्रो भन्ने भावनामा रहि समग्र प्रदेशको हितमा काम कार्वाहि अगाडि बढ्ने छन् । जहाँ सम्म हो, मैले प्रत्यक्ष तर्फ जितेको प्रदेशसभा तर्फको  क्षेत्र छ ।  विकास निमार्ण देखि शैक्षिक विकाससम्मका सम्पुर्ण कार्यहरु पाँच बर्षे कार्यकालमा अगाडि बढाउनेछु ।
तपाँईलाई भोट दिएर जनताले जिताए, अब तपाँइ जनतालाई के दिनुहुन्छ ?

मलाई भोट दिए जिताउने मेरा सम्पुर्ण जनतालाई सर्बप्रथम बाधाई दिन चाहान्छु  । म जनताको हितमा कामगर्ने व्यत्ति भएकाले नै मलाई जनताले भोट दिएका हुन् । म निर्वाचित भएको क्षेत्र निकै बिकट छ । त्यहाँका जनता अझै यातायतको सुबिधाबाट बन्चीत छन् । दुई ओटा गाउँपालिका सिगास गाउँपालिका र डिलासैनी गाउँपालीकाको सदरमुकामलाई रोडले छुन सकेको छैन । ति छुन नसकेका गाउँपालिकामा रोड पुगाउने पहिलो प्राथमिकता हुनेछ भने विद्युत खानेपानी संचारका क्षेत्रमा विकास गरि जनतालाई आफ्नो अधिकार बाट बन्चित हुने अवस्थाको अन्य गर्ने नै मेरो प्राथमिकताका विषय हुनेछन् ।

पहाडि जिल्लामा तपाँईले भनेका कुरा पुरागर्न कतिको चुनौति छ ?
भगौलिक बिकटताले विकासलाई छिक्ने कुरा पनि हुदैन् । अहिलेको विश्य विज्ञान आधुनीकिकरणको विश्व भएकाले यो कुरालाई भगौलिक विकटताले चाहिँ छेक्दैन । हामीलाई असहजिलो चाँहि छ । हामी विकास र समृद्धिको पहिलो खुटकिलोमा छौं । हामीसँग भने जस्तो प्रविधि छैन् यि विभिन्न कुराहरु छन् । तर जे भएपनि विकासको जग बसाउने काम भने हामी गछौ । यसमा कसैलाई ससंकित नहुन आग्रह पनि गछौं ।

पर्यटनको क्षेत्रमा विकासको मोडेल कस्तो बनाउनु भएको छ ।

बैतडि जिल्ला सबै भन्दाबढी धार्मिक क्षेत्रभएको जिल्लामा पनि पर्दछ । यहाँका धार्मिक क्षेत्रहरुको विकास प्रवद्धन गरेर धार्मिक पर्यटक आवागमनमा विद्धि गर्न सकिन्छ भने यहाँको कला संस्कृतिको प्रचार प्रसार गरेर जडिबुटीको खनिजको जिल्लको भएको हिसाबले खनिजै खनिज को जिल्लाको नामाङकरण गरेर , मध्य पहाडि लोक मार्ग निमार्ण गरि भारतको झुलाघाट जोड्ने र मध्य पहाडि लोग मार्गका १० आ्ेटा नमुना सहर बनाउने योजना बनाएको छौं त्यसले भारतसँगको पनि व्यापार बढाउने छ । यी विभिन्न क्षेत्रको विकास गरि पर्यटन क्षेत्रमा पनि बिकास गर्न सकिन्छ । जलविधुतका कुराहरु छन् । कृर्षि पर्यटनका क्षेत्रमा अध्ययन अनुसंधान हुन बाँकि रहेका क्षेत्रहरुको अध्ययन गरि विकासको मोडेल तयार पारिने छ ।

चुनाव तपाईलाई कतिको खर्चिलो लाग्यो ? 
चुनाव हिजोका बर्षहरु भन्दा महङ्गो भएर गएको अवस्था छ । यो अवस्थालाई अब रोक्नु पर्छ । जनता भन्दा कार्यकर्ता महंगा भएका छन् । यो नेतृत्व वर्गले समयमै ध्यान दिएर यो परिपार्टीको अन्त्य गर्नु पर्दछ ।

बाम गठबन्धनको ६०- ४० को भाग बन्डा अन्तरगत प्रदेश नम्बर ७ बाट माओवादी केन्द्रको भागमा मुख्य मन्त्री पर्ने देखिन्छ । तपाँई पनि मुख्य मन्त्रीको दाबेदार हो ?
माओवादी केन्द्र ( म आवद्ध पार्टी ) ले मुख्य मन्त्री पाउने अवस्था आए र मलाई मुख्य मन्त्रीकालागि सिफारिस गरे मुख्य मन्त्रीको भुमिकामा आउछु । प्रदेश विकासको मोडेल र भिजन भएकाले पनि म आफुलाई योग्य ठाँन्छु । त्यो नेतृत्वको कुरा हो, यसमा एकल निर्णयले कम गर्दैन पार्टीले कसलाई जिम्मेवारीमा पठाउछ,  त्यो मुख्य करो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *