खप्तडको उपाधि भिडन्तमा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुँदै

दोस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागी आज बिभागीय डर्बिमा त्रिभुवन आर्मी र नेपाल एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाईनलमा आर्मीले बलियो प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई ३–१ ले हराउँदै फाईनलमा स्थान बनाएको हो । एपिएफले आयोजक सुदुरपश्चिम ११ को चुनौती २–० ले पन्छाउँदै आर्मीसंगको उपाधि भिडन्त पक्का गरेको थियो । उपाधि भिडन्त धनगढीस्थित स्थानीय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ ।

यसै सिजन वीरगञ्जको बिशाल मेमोरियल, झापाको सताक्षी र काँकाडभिट्टा गोल्डकपको उपाधि जितेको आर्मी, सर्वाधिक पुरस्कार राशीको उपाधि पनि आफ्नो नाममा लेखाउने दाउमा छ ।

एपिएफ भने यसअघिका भेटमा आर्मीसँग भोगेको हारको बदला लिने लक्ष्यका साथ आज मैदान उत्रनेछ । १२ टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेताले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *