एमाले माओवादीले राष्ट्रियसभाका लागि उम्मेदवार यसरि चयन ग¥यो

काठमाडौ  – आज बसेको एमाले–माओवादी केन्द्रको कार्यदलको बैठकले राष्ट्रिय सभाको लागि संख्या सहितको सिटको बाँडफाँड गरेका छन् । एमालेले २९ जना र माओवादी केन्द्रले १४ जना उम्मेदवार राष्ट्रिय सभामा उठाउने छन् ।

१ नं प्रदेशमा एमालेले १ जना महिला,२ जना पुरुष र २ जना एक जना दलित अल्पसंख्यक उठाउने छ भने माओवादी केन्द्रले १ जना अल्पसंख्यक तथा अपाङ उठाउने छ ।

त्यस्तै, २ नं प्रदेशमा माओवादीले १ जना महिला उम्मेदवार उठाउने छ ।  एमालेले  १ जना पुरुष उम्मेदवार उठाउने छ ।  ३ नं प्रदेशमा ८ मा ६ जना एमालेले उम्मेदवार बनाउने छ भने माओवादी केन्द्रले १ जना महिला र १ जना पुरुष उम्मेदवार उठाउने छ ।

४ नं प्रदेशमा २ जना महिला र १ पुरुष र १ जना अल्पसंख्यक तथा अपाङ्ग एमालेले उम्मेदवार बनाउने छ । माओवादी केन्द्रले १ दलित र १ पुरुष उम्मेदवार बनाउने छ ।

त्यस्तैगरी, ५ नं प्रदेशमा  ६ जनामा एमालेले २ महिला, १ पुरुष र १ दलित उमेद्वार उठाउने छ । माओवादी केन्द्रले १ जना पुरुष र १ जना अल्पसंख्यक तथा अपाङ उम्मेदवार बनाउने छ ।  ६ नं प्रदेशमा ८ मा ५मा एमालेले र ३ माओवादी केन्द्रले उम्मेदवारी दिने छ । ७ र ७ नं प्रदेशबाट ६ मा एमालेले २ महिला, १ पुरुष,दलित १ र माओवादी केन्द्रले १ पुरुष र १ अल्पसंख्यक उम्मेदवार उठाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *