धनकुटा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौं । धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो ।

पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्यू लगाइएको छ ।

झडपमा ३ जना घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबीच अहिले ढुंगा हानाहान भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *