राष्ट्रिय सभामा कसरी चम्किए जीवन बुढा

प्रदेश नम्बर ६ कालिकोट जिल्ला नरहरिनाथ गाउँ पालिका कुमालमा जन्मेका जीवन बुढा राष्ट्रिय सभा सदस्य बन्नु भएको छ ।

कालिकोटको बिपन्न परिवरमा जन्मिएका बुढा राष्ट्रिय राजनीतिकको मुलधारमा पुग्दा कालिकोटी जनता निकै उत्साहित बनेका छन ।

गोठालो बाट सुरु भएको संघर्स जनमुक्ति सेनाको डिभिजन कमान्डर सम्मको यात्राको अनुभव बुढा संग छ ।

बुढा प्रधान पन्चको अत्याचार विरुद्ध अवाज उठाउने सामन्ती राज्य सस्ता विरुद्ध ससक्त प्रतिकार गर्ने मध्येका एक सामाजसेवि भित्र पर्दछन ।

स्वार्थ भन्दा पनि जनताको पक्षमा अडिक रहने बानिले बुढा प्रचण्ड सरकारका बेला स्वकीय सचिवको भुमिका निभाउदै कालिकोट जिल्लामा ४५६ बिकास निर्माणका कार्यक्रम पार्न सफल भइ जिल्लाको बिकासमा अतुलनीय भुमिका निभाइसकेका छन् ।

बुढा माओवादी केन्द्रिय पोलिट ब्यूरो सदस्य एवं कालिकोट जिल्ला इन्चार्ज पनि हुन्  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *