नयाँ माओवादी बिद्रोह जन्मने पक्का – यरी

तत्कालीन नेकपा माओवादी पार्टीले क. प्रचण्डको नेतृत्वमा बि स २०५२ साल फाल्गुन १ गते स्वर्णिम जनयुद्धको घोषणा गर्‍यो । यसको घोषणा सगैं रुकुम सिन्धुली गोर्खा लगायतका जिल्लाभरबाट एकै साथ तत्कालीन शाही सरकारका पहरेदार प्रहरी चौकी माथि धावा बोल्दै आक्रमण गर्ने सिलसिलामा रुकुम जिल्ला अन्तर्गत साबिकको आठबिसकोट गाबिस राडी बजारमा रहेको ईलाका प्रहरी चौकि कब्जा गरि जनयुद्धको पहिलो सफलीभुत शुभआरम्भ गरेको थियो ।

यस सफलीभुत शुभाआरम्भ आक्रमणका राजनैतिक कमान्डर हेमन्त प्रकाश ओलि (क.शुदर्शन) भने फिल्ड कमान्डर क. गणेशमान पुन (रश्मि ) हुनुहुन्थ्यो आज आएर एक कमान्डर ओलि नेकपा बिप्लब समुहमा हुनुहुन्छ । अर्कोतिर एकता प्रक्रियामा रहेको माकेमा पुन हुनुहुन्छ। कुनै बेला एउटै मोर्चामा रहेर सफल भएका यी दुई कमान्डर मध्ये पुन  मन्त्री समेत भैसक्नु भएको छ । ओलि आज सम्मपनि राज्यबाट गिरफ्तारमा पर्दै हुनुहुन्छ यस विषयमा कुनै बेला इतिहासमा समिक्षाको पाटो बन्ला त्यसैले यसको अन्तरंग खोजी नगरौ २०५२ साल फाल्गुन १गते जसरी स्वर्णिम जनयुद्धको थालली गर्‍यो र त्यस यता २३ औं जनयुद्ध दिवस मनाउदासम्म आइपुग्दा माओवादी आन्दोलनले थुप्रै उतारचढाव जित हार टुटफुट एकता यावत समस्या ब्यहोर्दै आएको छ ।

अझ भनौ स्वर्णिम जनयुद्धको नेतृत्व गर्नुभएको पुष्पकमल दाहाल  क. प्रचण्डले यो माओवादी आन्दोलनलाइ यहाँ सम्म सकुशल पुर्याउनु भयो । जसको परिणाम स्वरुप नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ ।  संबिधान सभाबाट संबिधान बनेर कार्यान्वयनको चरनमा रहेको छ, भने धर्मनिरपेक्ष,संघीयता,समानुपातिक समावेशीता, प्रणालीमा देश चलिरहेको छ, भन्दै गर्दा भलै समानुपातिक समावेशीकरण लाई राजनैनिक दलले आफुअनकुल ब्याख्या र प्रयोग नगरेक होइनन् तर पनि समग्रमा यो राज्य ब्यवस्थामा नया आयम थप्ने काम त्यो स्वर्णिम जनयुद्धको देन हो यसलाइ कसैले पनि नकार्न सक्दैन यदि सम्मकी हिजो गणतन्त्र ,संघीयता ,धर्म निरपेक्षता,समनुपातिक समावेशीता नस्विकार्नेहरुले पनि बेला बेला जनता झुक्याउ आफ्नो मुद्दा हो बन्न पछि पर्दैनन् यी जनयुद्धका उपलब्धि हरुलाइ स्थागत गर्न त म जस्ता हजारौं नेता कार्यकर्ताले नेतृत्वलाई साथ दिदै आएका छौ ।

क. प्रचण्ड आजपनी नेपालको राजनितीमा किङ मेकरको रुपमा रहदै आउनु भएको छ। तर अब के नेपालमा माओवादी आन्दोलन विसर्जन भएकै होत ? त्यसो पनि नभनौ नेपालमा कम्युनिस्ट आन्दोलनलाई सार्थकता दिनकै लागि दुई ठुला कम्युनिस्ट पार्टीको एकता प्रक्रिया जारी छ के यो एकता प्रक्रिया जारी रहदै गर्दा अब बन्ने नेकपाले त्यो स्वर्णिम जनयुद्धले जन्माएका उपलब्धिहरुलाइ स्थागत गरि जनयुद्धका उपलब्धिहरु सुर्यमुखी फुलमा रूपान्तर भएको देख्न पाइछ ?

आस गरौ र शुभकामना दिऔं शहिदहरुको रगतले कोरिएका सपना पुरा होउन् बेपत्ता योद्धाखोजी गरि सहिद घोषणा गरियोस् स्वर्णिम जनयुद्धले जन्माएका घाइते अपांग योद्धाहरुलाइ गाँस ,बाँस ,कपास, स्वास्थ शिक्षा ,रोजगारी को ग्यारेन्टी होस् र जनयुद्धकालीन मुद्दामा जेल जीवन बिताइ रहेका बाल कृष्ण ढुङेल जस्ता योद्धाको ससम्मान रिहाई होस् स्वर्णिम जनयुद्धका असल सिपाही जुन स्वछिक आवकाशको नाममा र अयोग्यको बिल्ला भिराइ आपमानित हुँदै घर फर्केका हाल साउदी कतार जस्ता खाडी मुलुकमा आप्नो इतिहासलाई सम्झेर दिक्दारी मान्दै जीवन निर्वाह गर्नको निमित्त ५५/६० डिग्रीको घाममा काम गर्ने इतिहासका सच्चा सिपाहीलाई नेतृत्वले नेपालको कम्युनिस्ट आन्दोलनमा समाहित गर्न सकोस् र विभिन्न माओवादी रुपि घटकहरु अझै एकीकृत जनक्रान्तीको नारा लागाउदै वर्गसंघर्ष जारी छ भन्दै छन ती शक्तिलाई कमजोर नठानि छिटो न ढिलो एकताको मुल धारमा ल्याइयोस , महिला, जनजाति ,मधेसी ,अल्पसंख्यक तथा समग्रमा सर्वहारा वर्गको माग र मुद्दालाई सम्बोधन गरियोस् तबमात्र यो हालै हुनलागेको एमाले र माकेको गर्भधारणबाट जन्मने नेकपा रुपि पार्टी ले सार्थकता पाउला र कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ला नत्र नेपाली इतिहासमा फेरि अर्को माओवादी रुपि बिद्रोह जन्मने पक्का छ।समयमै नेतृत्वको बुद्धि खुलोस …अन्तमा एकता प्रक्रिया मार्फत स्वच्छ तन्दुरुस्त नेकपा रुपि बच्चा जमियोस गर्भमै गर्भ नतुइयोस । म जस्ता हजारौं हजारौं योद्धाहरुको शुभकामना ……


अखिल (क्रान्तिकारी )पुर्व केन्द्रिय सदस्य त्रिभुवन बिश्वबिद्धालय का नेता लोकेन्द्र यरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.