पार्टी एकताको अन्तिम तयारी, चैत्र २३ भित्र एकता गर्न ओलीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन । २५ गतेसम्म हुने भ्रमण राजकीय हुनेछ ।

 

स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरुसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् । त्यसको पुष्टि गर्दै एक नेताले भने, ‘कुरा आएको छ तर, भ्याइन्छ कि भ्याइँदैन भन्न सकिन्न ।’

यसअघि नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन १० बैशाखमा एकता घोषणा गर्ने बताएका थिए ।

एमाले र माओवादीले साझा घोषणापत्र र उम्मेदवार बनाएर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लडेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.