ग्रामीण विकास संस्थाको उद्घाटन कार्यक्रम सांसद सिंहले भने

काठमाडौं । बझाङबाट निर्वाचित प्रतिनीधिसभा सदस्य माननीय भैरब बहादुर सिंहको प्रमुख आथित्यमा ग्रामीण विकास संस्थाको उद्घाटन भएको छ । संस्थाको उद्घाट राजधानीको किर्तिपुर पाँगा दोबाटो एक क्याटरीङमा भएको थियो ।

जनताको प्रत्यक्ष सहभागिता रहने हरेक कार्यक्रम, संघ संस्थाहरुलाई मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउदै युवाहरुले नै देश विकास गर्न भएकाले विकास र संबिद्धिको बाटोमा अग्रसर हुन सुझाए ।
देशले नयाँ संविधान पाएको छ । संविधानले दिएको प्रभुत्व अधिकारलाई प्रयोग गदै जनताको सेवामा निरन्तर अगाडि बढ्न निर्देसन दिए ।

उत्त संस्थाले ग्रामीण भेगमा बस्ने जनतासँगको प्रत्यक्ष संलग्नतामा ग्रामीण क्षेत्रमा रहेका हरेक विषय बस्तुको उठान गरि ग्रामीण जनताको स्तर उन्नती गर्न र गरिविको रेखामुनी रहेका जनताको आर्थिक अवस्था सुरधारमा रहयोग पुगाउने लक्ष्य रहेको संस्थाका संस्थापक अध्यक्ष सुरेश ओखेडाले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *