आईपीएलमा १५ मिनेटको करोडौं रुपैंया पाउँने अभिनेता

काठमाडौं । ७ अप्रिल देखी सुरु हुन लागेको आईपिएल सिजन ११ को उद्घाटन समारोहमा बलिवुड स्टार रणवीर सिंहले पर्फमेन्स गर्ने भएका छन् । रोचक कुरा के छ भने १५ मिनेटको रणवीरको पर्फमेन्सलाई पाँच करोड रुपैंया प्रदान गरिनेछ।

हिन्दुस्तान टाइम्स को रिपोर्ट अनुसार, त्यो उद्घाटन समारोह मा १५ मिनेट को प्रदर्शन को लागि उनलाई ५ करोड रुपैया दिइनेछ । स्रोतका अनुसार आयोजक टिमले पहिले नै निर्णय गरेको थियो कि उनीहरूले उद्घाटन समारोहमा रणवीर सिंहको पर्फमेन्स चाहिन्छ । त्यसका लागि उनीहरुले रणवीलाई त्यती धेरै रकमको अफर गरेका थिए ।

साच्चै नै रणवीरले दर्शकहरूलाई आफ्नो उत्कृष्ठ र भव्य नृत्य देखाउने छन् । रणवीर उनको उत्कृष्ट प्रदर्शनको लागि चर्चित छन् ।

रणवीको कुरा गर्ने हो भने अहिले उनी फिल्म गलि वायाँको शूटिङमा व्यस्त छन् । फिल्ममा रणवीको साथमा आलिया भट्न पनि देखिने छिन् । उनीहरूको जोडी स्क्रिनमा पहिलो पटक देखापर्न लागेको हो । फिल्म १४ फरवरी, २०१९ मा रिलीज हुनेछ । यसबाहेक, उनी रोहित शेट्टीको फिल्म, सिंवाको तयारीमा जुटेका छन् । उक्त फिल्ममा उनको अपोजिट सारा अली खान देखापर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *