जंगबहादुर राणा देखेनौं केपी ओली जिउदै देख्यो राणाको शैलीमा – अनशनरत विद्यार्थी

काठमाडौं । शिक्षा ऐन नवौं संशोधनको विरोध गर्दै शिक्षा शास्त्र संकाय अध्ययनरत विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा आमरण अनशन बसेको चारदिन बितेको छ ।

 

विद्यार्थी संगठनहरुले शिक्षा ऐनको नवौं ऐन संशोधन खारेज गरेर सबै दरवन्दीमा खुला विज्ञापन हुनुपर्ने माग राखेर आमरण अनसन गर्दै आएका छन् । उनीहरुले अस्थायी शिक्षकहरुलाई स्थायी गरिए सार्वजनिक शिक्षा ध्वस्त हुने जिकिर गर्दै खुला प्रतिस्पर्धा मार्फत नयाँ शिक्षक नियुक्ति हुनुपर्ने माग राख्दै आएका छन् ।

चैत १२ गते देखि त्रिभुवन विश्वविद्यालयमा शिक्षा संकाय अध्ययनरत विद्यार्थीहरु मोरङका राजन लम्साल, भोजपुरका मिलन बास्तोला, बाजुराका हेमराज थापा, महेन्द्ररत्न क्याम्पस ताहचलमा अध्ययनरत हुम्लाका शुशान्त बोहोरा र रामेछापका रामचन्द्र कार्की अनसन बस्दै आएका विद्यार्थी संघर्ष समितिका संयोजक पुष्कर शर्माले जानकारी दिए । शर्माले चैत २३ को परीक्षा स्थगित नगरेसम्म सरकारसँग वार्तामा समेत नबस्ने स्पष्ट पारे ।

माइतीघर मण्डलामा आमरण अनशन बसेका विद्यार्थी सडकमा सरकार विरुद्ध नाराबाजी गर्दा प्रहरीले बल प्रयोग गरी विद्यार्थीहरुलाई हटाउन खोज्दा माइतीघर मण्डला केही बेर तनावग्रस्त देखिन्थ्यो ।

विद्यार्थीहरुले आफ्ना जायज माग राख्दापनि प्रहरीले दमन गरेको भन्दै विद्यार्थीहरुले प्रहरी विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रहरी प्रशानले विद्यार्थीको शान्तिपूर्ण आन्दोलमा हस्तक्षेप गर्दा शिक्षा शास्त्र संकाय अध्ययनरत छात्रा द्रोपति जोशी घाईते भईन भने अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय सचिव गंगा दाहालले पनि प्रहरी दमनको पिडा भोग्नु प¥यो ।

 

शिक्षा ऐन २०२८ मा भएको नवौं संशोधन राष्ट्रको हितमा नरहेकाले तत्कालन खारेज गर्नुपर्ने भन्दै विद्यार्थीहरुले विभिन्न ७ बुँदे माग अगाडि सारेर आमरण अनसन गर्दै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *