बुद्धिचाल हेर्न साउदीका राजकुमार नेपाल आउँदै

ललितपुर – गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् ।

साउदी राजकुमार अलमिलान एसियन बद्धिचाल महासंघका अध्यक्षको हैसियतमा नेपाल आउन लागेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

साउदी राजकुमारसँगै प्रतियोगितामा विश्व बुद्धिचाल महासंघका अध्यक्ष कुसान्त इलुमझिनोभ पनि गोदावरी आउन लागेका छन् । नगरप्रमुख महर्जनका अनुसार प्रतियोगितामा साउदी राजकुमारलाई प्रमुख अतिथिका रुपमा ल्याउन नगरपालिकाकाले पहल गरेको हो । प्रतियोगितामा रुस, स्लोभाकिया, भारत, पाकिस्तान, माल्दिभ्सलगायत २५ राष्ट्रका एक सय ५० खेलाडी सहभागी हुनेछन् ।

गोदावरी नगरपालिकाले नेपाल बुद्धिचाल संघसँगको सहकार्यमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘राजकुमारको उपस्थितिले गोदावरी नगरपालिकाको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास लिएका छौं’, नगरप्रमुख महर्जनले अन्नपूर्णसँग भने, ‘नगरको पर्यटन प्रवद्र्धनका लागि नेपाल बुद्धिचाल संघसँग मिलेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेका हौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *