लेनिन जयन्तीमा एमाले माओवादी बिच वाक युद्ध

काठमाडौं । लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आइतबार संयुक्त सभा गर्दैछन् । पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै होहल्ला गरेपछि तनाव भएको हो ।

कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले माओवादीको भातृ संगठनका भक्तपुरका अध्यक्ष जीवीत थपलियाले ब्यानरमा असहमति जनाउँदै मञ्चमा गएर हुटिङ गरेपछि त्यसमा माओवादी कार्यकर्ताले साथ दिएका थिए ।

ब्यानरमा माओवादी केन्द्रलाई ‘माके’ लेखिएको भन्दै आफ्नो पार्टीको अपमान गरिएको भन्दै कार्यक्रम शुरु हुन अघि उनी मञ्चमा गएर सम्बोधन गरेपछि माओवादी कार्यकर्ताहरुले त्यसमा समर्थन जनाउँदै हुटिङ गरेका थिए ।

यतिबेलासम्म प्रधानमन्त्री केपी ओली लगायत शीर्ष नेताहरु मञ्चमा आइपुगेका थिएनन् ।

त्यसपछि उर्जामन्त्री तथा माओवादी नेता वर्षमान पुनले यो कार्यक्रम दुवै पार्टीले सहमतिमा आयोजना गरेको र यस्ता प्राविधिक विषयलाई ठूलो नबनाउन आग्रह गरे पनि माओवादी कार्यकर्ताले हुटिङ गर्न छाडेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.