कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा आज पनि निर्वाचनमा पार्टीले बेहोरेको हारको समिक्षा हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनको समिक्षा गर्न बैठक गत चैत ९ गते शुरु भएको हो । चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित भएको बैठक हिजोबाट पुन: शुरु भएको हो । हालसम्म ४९ जनाले धारणा राखिसकेको बैठकमा संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पक्षबीच आरोप प्रत्यारोप लगाउने क्रम जारी छ ।

निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा गर्ने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाको उछित्तो काढ्ने र संस्थापन पक्षका नेताले बचाउ गर्द आएका छन् ।  बैठक सम्भवत: भोलीसम्ममा सक्ने गरी तयारी भइरहेको कार्यालयका मुख्यसचिव केसीले जानकारी दिनुभयो । सभापति शेरवहादुर देउवा जारी कार्यसमिति बैठक भोलीसम्ममा सकेर निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाई पदाधिकारी अनुमोदन गर्ने योजनामा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *