म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाईटेड र लिभरपुल विजयीे

काठमाडौं । इङ्गिलस प्रिमियर लिग फुटवलमा शीर्ष स्थानको म्यानचेस्टर सिटिले विजयी यात्रा कायमै राखेको छ । गएराती भएको खेलमा म्यानचेस्टर सिटिले एभर्टनलाई ३–१ ले पराजित गर्‍यो ।

म्यानचेस्टर सिटिका लागि लेरोए सेन, ग्याब्रियल जिसस र रहिम स्टर्लिङले गोल गरे । एभर्टनका यानिक बोलासीले ६३ औं मिनेटमा सान्तवना गोल फर्काए । जितसँगै म्यान सिटिको ८४ अंक भएको छ । उ दोश्रो स्थानको म्यानचेस्टर युनाईटेडभन्दा १६ अंकले अगाडी छ । गएराती नै म्यानचेस्टर युनाईटेडले स्वान्सीलाई २–० ले पराजित गरेको छ ।

म्यान युनाईटेडका लागि रोमेलु लुकाकु र एलेकिसस सान्चेजले १र१ गोल गरे । तालिकाको तेश्रो स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको छ ।

लिभरपुलका लागि सेडियो म्यान र मोहम्मद सलेह तथा क्रिस्टल प्यालेसका लागि मिलिभोजेभिकले गोल गरे । गएराती नै भएका अन्य खेलमा लेस्टर सिटिले ब्राइटन एण्ड होभ एल्बियनलाई २–०, न्यू क्यासल युनाईटेडले हडर्सफिल्डलाई १–०, बन्र्लीले वेस्ट ब्रोमलाई २–१, वेस्ट ह्यामले हाउथ हेम्प्टनलाई ३–० ले पराजित गर्दा वाटफोर्ड र वर्नमाउथ २–२ गोलको बराबरीमा रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *