पारसले ज्ञानेन्द्रलाई १६५ रनको लक्ष्य दिए

धनगढी प्रेमियर लिग डीपीएल क्रिकेटमा बिराटनगर किङ्ले काठमाडौं गोल्डेन्ससामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । बाबर हायातले बिष्फोटक ब्याटिङ गरेपछि बिराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको छ । मात्र ३३ बलको सामना गरेका हायतले ७ छक्का र ३ चौकाको मद्दतमा ६७ रन बनाए ।

दिलिप नाथले  ३३ तथा अनिल साहले १० रन बनाउदै बिराटनगरलाई राम्रो सुरुवात दिलाएका थिए । टोलीको स्कोर ७० रन हुँदा ललित राजबंशीले दिलिपलाई स्टम्पिङ गराएपछि बिराटनगरको विकेट पतन सुरु भएको थियो । ललितले लतागार ३ विकेट लिएपछि बिराटनगरले ७६ रन जोड्दा ४ विकेट गुमाएको थियो । पृथु बास्कोटाले चार बलमा ११ रन जोड्दा बसन्त रेग्मी १० र सौरभ खनाल ९ रनमा आउट भए । क्याप्टेन पारस खड्का ८ रनमा नटआउट रहे । रसिद खानले २ र सुबोध भातीले एक विकेट लिए ।   आजको खेललाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीचको प्रतिस्पर्धाका रुपमा समेत दिईएको छ ।

खड्का बिरानगर र मल्ल काठमाडौंका कप्तान हुन् । आजको खेलमा विजयी भए काठमाडौंले प्लेअफमा स्थान पक्का गर्नेछ । काठमाडौं विजयी भए अघिल्लो चरणमा स्थान सुरक्षित गर्नेछ । तीन खेलमा सतप्रतिशत नतिजा निकाल्दै काठमाडौं ६ अंकमा शीर्ष स्थानमा छ भने बिराटनगर चार अंकमा तेस्रो स्थानमा छ । समान चार अंक भएपनि रन रेटका आधारमा महेन्द्रनगर युनाईटेड दोस्रो र धनगढी टिम चौराहा चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *