अखिल क्रान्तिकारीको ७ औं जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौं ३०, चैत्र । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) त्रि.वि जिल्ला सम्मेलन आउदो बैशाख ६ गते हुने भएको छ ।

क्रान्तिकारीको मंगलबार बसेको त्रि.वि बैठकले सम्मेलनको तयारीका लागि विभागिय जिम्मेवारी तोकिएको अखिल क्रान्तिकारी केन्द्रिय सचिव राज कुमार याक्सो लिम्बुले जानकारी दिए ।

क्रान्तिकारीको मंगलबार बसेको त्रि।वि बैठकले सम्मेलनको तयारीका लागि विभागिय जिम्मेवारी तोकिएको त्रि.वि संयोजक देखि त्रि.वि जिल्ला सदस्यहरुलाई फिल्डमा खटाएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिव राज कुमार याक्सोले जानकारी दिए ।

त्रि.विमा ४ ठुला विभाग  शिक्षा विभाग, मानवकि विभाग, विज्ञान विभाग, व्यवस्थापन विभाग रहेका छन् ।

क्रान्तिकारीका केन्द्रिय सदस्य तिलक अपाध्यायले ७ औं जिल्ला सम्मेलन अरु सम्मेलनभन्दा मौलिक र रचनात्मक हुने’ दावी गरे।

सम्मेलन सफल बनाउनका लागि संगठन र इकाई निर्माण, प्रचार–प्रसार, आर्थिक संकलन, प्रतिवेदन लेखन र कार्यक्रम व्यवस्थापनको काम त्रि.वि संयोजक जग्दिस देवकोटालाई दिएको सचिव याक्सो लिम्बुले टपलाईन खबरलाई  जानकारी दिए ।

बैठकमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रन्जीत तामाङ, उपाध्यक्ष तिलक भण्डारी , महाचिव उत्तम अधिकारी केन्द्रिय सचिव राजकुमार याक्सो लिम्बु केन्द्रिय सदस्य तिलक उपाध्याय, सन्जीव खर्गा लगायतको उपस्थिति रहेको थियो । बैठकको संचालन र अध्यक्षत्ता संयोजक दग्दिस देवकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.