बिवाह बन्धनमा बाँधिदै रणवीर र दीपिका

काठमाडौं । यो समय बलिउड भन्दा बाहिर दीपिका पादुकोण र रणवीर सिंहको बिवाहको कुरालाई लिएर धेरै नै चर्चा हुन थालेको छ । सुन्नमा आएको छ कि सन् २०१८ को अन्त्य सम्ममा बिवाह बन्धनमा बाँधिनेछन् । बिवाहलाई लिएर तयारी पनि सुरु भइसकेको छ ।

रिपोर्टका अनुसार दीपिका जुन ज्वोलरी कम्पनिकी एम्बेसडर छिन्, उनले आफ्नो बिवाहको अवसरमा एउटा अलगै किसिमको डिजाइनर ज्वोलरी लञ्च गर्न जँदैछिन् । श्रोतका अनुसार दीपिका र उनका परिवार पनि सो कम्पनिलाई मदत गरिरहेका छन् । कम्पनिका अनुसार यो सम्झौता कम्पनिको लागि नाफा सावित हुनेछ । यदी दीपिकाले उक्त ज्वोलरी लगाइन् भने कम्पनिको राम्रो मार्केटिङ हुनेछ ।

दुबै अभिनेता अभिनेत्रीका नजिकका श्रोतका अनुसार उनीहरुले यो सालको अन्त्य सम्ममा आफ्नो सम्वन्धलाई नयाँ नाम दिने छन् । दीपिका र रणवीर बलिउडका सबैधन्दा चर्चित जोडि हुन् । उनीहरु लामो समयदेखि सम्वन्धमा छन् ।

दीपिका र रणवीरको बिवाहको विषय सबैको लागि चर्चाको विषय बनिरहेको छ । पहिला नजिकको श्रोतबाट उनीहरुको सम्वन्धका बारेमा चर्चा हुने गरेकामा केही समय पहिले रणवीरले खुलेर नै दीपिकासंगको आफ्नो सम्वन्धका बारेमा बताएका थिए । साथै रणवीरले दुबैजना बिवाह गर्न उत्सुक रहेको बताएका थिए । तर बिवाहको कहिले गर्ने भन्ने कुराको जानकारी भने दिएका छैनन् ।

रणवीरका अनुसार अहिले उनी दुबै आफ्नो आफ्नो काममा निकै व्यस्त छन् । अहिले रणवीर फिल्म ‘गली बॉय’ को शूटिंगमा व्यस्त छन् भने, दीपिका व्याक पेनको समस्याबाट विस्तारै तङिरदै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.