रमपम झापा ११ र मदन भण्डारी स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुदै

– दमक गोल्डकपको पहिलो संस्करण झापाको दमकमा आज सुरु हुँदैछ । दमक नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

आगामी २८ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली रमपम झापा ११ र मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौँबीच प्रतिस्पर्धा हुनेछ । दमक बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो २ बजेपछि २ टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । विजेताले १३ लाख ११ हजार तथा उप विजेताले नगद ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगितामा आयोजकसहित १० टिमले भाग लिएको गोल्डकप मूल आयोजक समिति संयोजक भीमराज चम्लागाईले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजकसँगै विभागीय टिमहरु त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ,रमपम झापा ११, मनाङ र्मस्याङ्दी , रुस्लान थ्रीस्टार क्लब,  रुपन्देही ११, सरस्वती क्लब र मदन भण्डारी स्पोट्स एकेडेमीले भागलिने छन् । प्रतियोगीतका लागि  मैदानमा ५ हजार दर्शक क्षमताको बाँसको प्याराफिट निर्माण गरिएको छ ।

गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने प्रचार संयोजक चन्द्र खत्रीले जानकारी दिनुभयो । उत्कृष्ट डिफेण्डर, मीड फिल्डर, फर्वाड, गोल किपर, कोच र सर्वाधिक गोलकर्ताले जनही २५ हजार पुरस्कार हात पार्नेछन् । त्यस्त म्यानअफ द म्याचलाई नगद ११ हजार पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *