च्याम्पियन्स लिग :उपाधिका लागि रियल मड्रिड र लिभरपुल भिड्ने

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि रियल मड्रिड र लिभरपुल भिड्ने भएका छन् । सेमिफाईनलको दोस्रो लेगमा गएराती रोमासँग ४–२ गोल अन्तरले पराजित भएपनि समग्रमा ७–६ को नतिजासँगै लिभरपुलले फाईनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा हात पारेको ५–२ को नतिजा उसलाई फाईनल पुर्‍याउन महत्वपुर्ण रह्यो । खेलको नवौँ मिनेटमा सादियो मानेको गोल मार्फत अग्रता बनाएको लिभरपुलले १५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल गर्दै खेल एक एकको बराबरीमा पुर्‍याएको थियो । २५ औँ मिनेटमा जर्जिनियो ह्विज नाल्डमले गोल गर्दै लिभरपुललाई पुन: अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा आक्रामक बनेको रोमाले ५२, ८६ र अतिरिक्त समयमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । यद्यपी पहिलो लेगको नतिजाका कारण उसको यात्रा सेमिफाईनलमै सिमित बनेको हो । लिभरपुलले उपाधिका लागि आगामी मे २६ मा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियलले बार्यन म्युनिखलाई समग्रमा ४–३ ले पराजित गर्दै फाईनलमा स्थान बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *