टोटनहम च्याम्पिन्स लिगका लागि छनोट

लन्डन — इंग्लिस प्रिमियर लिगमा टोटनहमले बुधबार राति न्युकासल युनाइेटडलाई १–० ले हरायो र युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भयो । ह्यारी केनले ५० औं मिनेटमा निर्णायक गोल गरे ।

 

अर्को खेलमा चेल्सी हडर्सफिल्डसँग १–१ को बराबरीमा रोकियो । लिगमा एक खेल बाँकी छँदा टोटनहम ७४ अंकमा तेस्रो स्थानमा छ भने चेल्सी ७० अंकमा पाँचौंमा छ ।
टोटनहम च्याम्पियन्स लिगमा छनोट भएको यो लगातार तेस्रो पल्ट हो । हडर्सफिल्ड भने बराबरीपछि रेलिगेसनबाट बच्ने निश्चित भएको छ । बुधबारका अरु खेलमा च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले ब्राइटनलाई ३–१ ले हरायो ।
आर्सनल भने लेस्टर सिटीको हातबाट ३–१ ले पराजित रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *