रियल मड्रिडको सानदार जित, दोस्रो हुन संघर्ष गर्दै

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित निकालेको छ । ला लिगाको यस सिजनमा उपाधि होडमा समेत आउन नसकेको रियलले सेल्टा भिगोविरुद्ध ६-० को जित निकाल्न सफल भएको हो ।

रियल मड्रिको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने सहभागी थिएनन् ।

रियल मड्रिडको फराकिलो अन्तरको जितका लागि बेलले २ गोल गरे । उनले खेलको १३ औं र ३० औं मिनेटमा गोल गरेका हुन । इस्कोले ३२ औं मिनेटमा गोल गरे । त्यसैगरी अचरफ हकिमीले ५२ औं मिनेटमा गोल गरे । टोनी क्रुसले ८१ औं मिनेटमा गोल गर्न सफल भए । सेल्टा भिगोका डिफेन्डर सर्जी गोमेजले ७४ औं मिनेटमा आत्माधाती गोल गरेका थिए ।

३७ खेलबाट ७५ अंक बनाएको रियल मड्रिड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । ला लिगाको यस सिजनमा रियल मड्रिडले एक खेल मात्रै खेल्न बाँकी रहेको छ । यस सिजनको लिगको उपाधिमा भने बार्सिलोनाले कब्जा जमाइसकेको छ ।

शनिबार कै खेलमा गेटाफेविरुद्ध १-० को जित निकालेको एथ्लेटिको मड्रिड ३७ खेलबाट ७८ अंकसहित दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको उपाधि विजेता बार्सिलानाको ९० अंक छ ।  एथ्लेटिको मड्रिड  र रियल मड्रिडबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा देखिन्छ त्यसको टुंगो दुवैका अन्तिम खेलले मात्रै लगाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *