धोती आवरणमा दाईजो गर्भमा

पर्सामा बेहुला र बेहुली पक्ष विच धातीको विषयमा झगडा हुदा दुलाहा र दुलही पक्षधर घाईते भएका छन् । परम्परा अनुसार दुलाहाले विवाहको मण्डपमा नित्यकर्म गर्न बेला धोती गलाउन नमाने पछि कुटाकुट भएको हो ।

वीरगञ्ज महानगरपालिका पिपरा निवासी रामबाबु मिश्राको घरमा आएको जन्ती विवादपछि दुलही नै नलिई आइतबार फर्किएको हो ।

जीतपुर निवासी रोशनकुमार मिश्रको विवाह वीरगञ्जका रामबाबु मिश्राकी छोरीसँग तय भएकोमा शनिबार राति जन्ती आएको थियो ।

जन्तीले खानपिन शुरु गरिसकेपछि विवाहको कार्यक्रम शुरु गरिएकोमा मण्डपमा बस्ने समयमा दुलाहाले धोती लगाउन मानेनन् । लगत्तै परम्परा  नमानेकाे भन्बेदै हुली पक्षले विवाद शुरु गरेका थिए । विवादका क्रममा बिहान तीन बजे जन्ती र बेहुली पक्षबीच कुटाकुट नै हुन पुगेको थियो ।

मधेसी समुदायमा बेहुला धोती लगाएर मण्डपमा बस्नुपर्ने प्रचलन छ ।तर, बेहुलाले त्यसलाई नमानेपछि बेहुलीका मामाले बेहुलामाथि दुव्र्यवहार गरेका थिए । विवादको क्रममा दुलाहा र दुलाहाका भिनाजुलगायत जन्तीहरुमाथि कुटपीट भएको थियो ।

कुटपीटबाट घाइते दुलाहाका भिनाजु सन्तोष मिश्रालगायत चार जना घाइते समेत भएका थिए । उनीहरु नेशनल हेल्गथ केयर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
स्रोतका अनुसार झगडाको बाहिरी कारण जे सुकै देखिए पनि भित्री कारण भने दाइजो भएको बताइएको छ ।

केटा र केटी विवाहका लागि राजी भइसकेको भए पनि केटा पक्षले दाइजोको विषयमा असहमति राख्दै आएका थिए । यसअघि दुलाहाको कपडा किन्ने विषयमा समेत विवाद भएको बुझिएको छ ।

कुरा छिन्ने समयमा केटी पक्षले केटा पक्षलाई २ लाख ५० हजार नगद र १ लाख ८० हजारको मोटरसाइकल दिने सहमति भएको थियो । तर केटी पक्षले २ लाख जति नगद र १ लाख ५० हजार जति मात्रै मोटरसाइकलका लागि दिएपछि केटी पक्ष असन्तुष्ट थिए । विवाहको दिनमा दुलाहाका दाइले जन्तीका लागि खाने कुरा मिठो नभएको भन्दै असन्तुष्टी जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *