लिभरपुल अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट

वैशाख ३१, २०७५ लिभरपुल, अर्को सिजनको च्याम्पियन्स लिगका लागी छनौट भएको छ । ईङ्लिश प्रिमियर लिग फुटबलको अन्तिम खेलमा गएराती ब्राईटन एण्ड होभ एल्बियनलाई ४–० गोल अन्तरले हराउँदै लिभरपुल तालिकाको चौथो स्थानमा रहदै च्याम्पियन्स लिगका लागी छनोट भएको हो ।

२१ जित १२ बराबरी र ५ हारसँगै लिभरपुल ७५ अंकका साथ चौथो स्थानमा रहदै च्याम्पियन्स लिगका लागी छनोट भएको हो । अर्को खेलमा साउथ हेम्प्टनलाई १–० ले हराउँदै लिग च्याम्पियन म्यानचेष्टर सिटीले तालिकामा ३ अंक थप्दै इतिहासमै १ सय अंकको कोसेढुङ्गा भेटेको छ । ग्राबियल जिससले अतिरिक्त मिनेटमा गरेको गोल उसलाई जिताउन निर्णायक बन्यो । च्याम्पियन्स लिगमा स्थान बनाउन संर्घषरत चेल्सी भने न्यु क्यासल युनाईटेडसँग ३–० ले पराजित भयो ।

आर्सनलले हडर्सफिल्ड टाउनलाई १–० ले हराउदा लेष्टर सिटि टटनह्यामसँग ५–४ गोल अन्तरले स्तब्ध भयो । गएरातीका अन्य खेलहरुमा बर्नमाउथले बर्नलीलाई २–१ ले हराउँदा क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई २–० ले पराजित गर्यो । म्यानचेष्टर युनाईटेडले वाटफोर्टलाई १–० ले तथा स्टोक सिटीले स्वान्सीलाई २–१ गोल अन्तरले हराउँदै सिजनको अन्त्य गरेका छन् ।

वेष्टह्यामले एभर्टनलाई ३–१ ले स्तब्ध पार्यो ।  यो सिजन १ सय अंकसहित म्यानचेष्टर सिटीले उपाधि जित्दा म्यानचेष्टर युनाईटेड, टटनह्याम र लिभरपुलले च्याम्पियन्स लिगमा स्थान बनाएका छन् । स्वान्सी, स्टोक सिटि र बेष्ट ब्रोम भने यो सिजन रेलिगेशनमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *