विद्यार्थी चाकरीपनको पराकाष्ठा र राजनीतिक व्यवस्थापन

 विश्वविधालय एबं क्याम्पसहरुमा विभिन्न किसिमका कार्यहरु गर्न, झै–झगडा मिलाउन, शैक्षिक कार्यहरु पुरा गर्न, विभिन्न बेथितिहरुलाई समाधान गर्नको लागि विद्यार्थीमा आधारित राजनैतिक प्रणालीको विकास भएको हो । नेपालमा विद्यार्थी राजनीति स्थापनाको केहि समय देशमा भएको व्यतिथि एबं राजनैतिक समस्यालाई समाधान गर्ने तर्फ विद्यार्थी राजनीति केन्द्रित भयो जुन राष्ट्रिय आवश्यकता थियो । वर्तमान परिवेश त्यस्तो छैन तर विद्यार्थी राजनीतिको पुनःव्याख्या हुन् सकिरहेको छैन । पंचायती ब्यवस्था बिरुद्दको आन्दोलनको समयमा राजनीतिक दलहरुका कार्यकर्ता भूमिगत हुनुपर्ने आवस्यकता थियो उनीहरुको परिवार एबं उनीहरुको पालनपोषण गर्नपर्ने जिम्मेवारी संगठनले लिनुपर्ने बाध्यता थियो ।

‘राजनीति सबै कुराको मूलनीति हुनुपर्ने हो, नियममा नभएको कुरालाई नियममा बाँध्ने, अन्यायमा परेकालाई न्यायको प्रत्याभूति दिलाउन पहल गर्ने सबै क्षेत्रको अनियमितता विरुद्धमा आवाज उठाउनुपर्ने हो।’

यहि परिस्थितिलाइ व्यवस्थापन गर्नको निम्ति पेशासँग जोडीएका समर्थकहरुसँग स्वच्छिक चन्दा संकलन गर्ने कार्यको सुरुवात भयो । यहि कार्यको निरन्तरता नै हाल विद्यार्थी राजनीतिले भ्रष्टाचारको मुख्य उदाहरण हुन् पुग्यो । हिजो क्याम्पस छिर्दा र अहिले विद्यार्थी नेताहरुको जीवनशैलीको मात्रै विश्लेषण गर्ने हो भने विधार्थी राजनीति भित्र के कति भ्रष्टाचार मौलाउँदै छ भन्ने स्पष्ट हुन्छ ।

विद्यार्थीहरुमाझ अहिले विद्यार्थी नेता भन्ने बित्तिकै सितैमा खुवाउने, होहल्ला गर्ने, कसैलाई नटेर्ने, विद्यार्थीमा हुनुपर्ने नियमितता, अनुसाशन लगायतका कुरा नभएको भन्ने चित्र बन्न थालेको छ । हाल आम विद्यार्थीको राजनिती प्रतिको वितृष्णाले अति नै  विकराल रुप लिदै गएको छ । सरल भाषामा भन्दा राजनीति सबैकुराको मूल नीति हुनुपर्ने हो,नियममा नभएको कुरालाई नियाममा बाँध्ने,अन्यायमा परेकालाई न्यायको प्रत्याभूति दिलाउन पहल गर्ने सबै क्षेत्रको अनियमितता विरुद्धमा आवाज उठाउनुपर्ने हो तर अहिलेको हाम्रो विद्यार्थी राजनीतिमा यसको सुइँको सम्म  खोज्नु नि मुर्खता: देखिन्छ |

‘राजनीति नै पुँजीपतिहरुलाई बढावा दिंदै विलाशिताको जीवन प्रदानगर्ने प्रविधिहो; अशिक्षितहरुको लागिउखान–ट्क्का हो र शिक्षितहरुको लागि भजाई खाने भाडो हो।’

राजनीति मानव विकासक्रमको एउटा उत्कृष्ट पद्दति हो । राजनीतिको असल प्रयोगले प्रत्येक व्यक्तिमा भएको उत्कृष्ट क्षमताको फाइदा आम मानिसले लिन सक्छन।राजनीतिलाई फोहरी खेलको रुपमा चित्रण गर्न थालिएको छ,यसको खराब प्रयोगले आज गरिवी, अशिक्षा,अन्याय,अत्याचार जस्ता मानव सभ्यताका कलंकलाइ व्यहोर्नु हाम्रो दुर्दशा हो । अधिकाँश मानिसको धारणामा अहिले राजनीति भनेकै अपराध सञ्चलनको मुख्य मार्ग हो; राजनीति नै गरिबीको चरम बिन्दु हो; राजनीति नै पूजीपतिहरुलाई बढावा दिदै विलाशिताको जीवन प्रदान गर्ने प्रविधि हो; अशिक्षितहरुको लागि उखान–ट्क्का हो र शिक्षितहरुको लागि भजाई खाने भाडो हो । वर्तमान स्थितिमा हामीहरु माझमा भएको  पनि यही छ र चित्रण नि  यहि अनुरुप गरिएको पाइन्छ ।

अहिले देशमा उत्पन्न विद्यमान समस्याको समाधान गर्न नसक्नु नेपाली राजनितीप्रतिको बितृष्णाको मुख्य कारण हो । त्यसैले अचेल सांगठनिक नेतृत्वमा रहेका नेतृत्वकर्ता भन्दा संघसस्थाहरुको नाममा सेवा दिदै आएका संस्था र तिनका नेतृत्व कर्ताहरुको दवदवा बढ्दैछ । मानिसहरु बिचमा–बिचमा मानवीयताको भाव जगाई मिलेर बस्न सिकाउने पद्दति हुनुपर्ने हो राजनीति । संस्कारको विकास, जातजाति, क्षेत्र, लिङ्ग, भाषा, धर्म एबं वर्गको रुपमा रहेको विभेदको अन्त्य गर्ने सुत्र हुनुपर्ने हो राजनीति । तर जाती, भाषा, धर्म, संस्कृति, लिंग एवं वर्गको रुपमा रहेको विभेदलाई गलत ढंगले उचाली भेदभावको मनस्थिति पैदा गर्नु राजनीति भित्रको ठूलो भुल हो  । समस्यालाइ  द्वन्द्वबाट भन्दा वैचारिक लयमा समाधान नखोज्नु नेताहरुको कमजोरी हो नकी राजनीतिको ।

‘हालको परिस्थितिमा केहि व्यक्तिको अग्रसरताले फाइदा गरेपनि दीर्घकालमा भने विचारबिहिन फाँसीष्टको जन्म हुनसक्छ जुन देश र जनताकोलागि निकै महँगोसाबित हुने निश्चित छ।’

राजनीतिको विकल्पको प्रयोग विश्वमा कहिँ पनि त्यति सुखद छैन ।राजनीति मात्र यस्तो ब्यबस्था हो जुन जनता प्रति उत्तरदायी र जवाफदेही हुन्छ । राजनीतिक संस्कारको अभावमा समयमै देशर जनताहरुले निकास पाउन नसकेको तितो यथार्थमा राजनीतिक पार्टीहरुले आफ्नो अस्तित्वको निम्ति भने पनि ओझेलमा पर्दै गएको राजनीति प्रतिकोजनचासो लाइ सम्बोधन गर्नुपर्दछ । यदि राजनीति कुसंस्कृत भयो भने संघसस्थाहरुको हालीमुहाली बढ्दै जानेछ जसले मनिहरुहरुको चेतना बृद्दी देखि लिएर भिन्नता बिचको एकत्वमा समेत असर पर्नेछ । जस्तो अहिले अल्पकालमा रबि लामिछाने, सीताराम कट्टेल, गोबिन्द केसी, हिमानी शाह जस्ता एकाध व्यक्तिको ‘हिरोईजम’ले सामाजिक संजालमा प्रभाव जमाएको छ । हालको परिस्थितिमा केहि व्यक्तिको अग्रसरताले फाइदा गरेपनि दीर्घकालमा भने बिचार बिहिन फाँसीष्टको जन्म हुनसक्छ जुन देश र जनताको लागि निकै महँगो साबित हुने निश्चित छ ।

‘हाम्रो प्राचिन कालमा समेत निर्वाचनबाट राजा छनौट गर्ने पद्धतिको विकास भईसकेको थियो। जहाँ नेतृत्वकोलागि सक्षम बीचमा निर्वाचन हुने प्रचलन थियो; प्राचिन कपिलवस्तु नगर यसको एक ज्वलन्त उदाहरण हो।’

नेपाली समाजलाई सु–सम्पन्न, विकसित तथा शैक्षिक रुपमा अगाडि बढाउने उद्देश्यका विचारहरु बीच एकीकरण गर्दै राजनीतिलाई पुनः जनताको भरोसाको केन्द्रको रुपमा बिकसित गर्नुपर्दछ ।  जसको निम्ति राजनीतिक नेतृत्व छनोट गर्दा विषय विज्ञता, दुर्दर्शी, कुशल नेतृत्व क्षमता,इमान्दार जस्ता विषयलाई मध्यनजर गर्नुपर्दछ । हाम्रो  प्राचिन कालमा समेत निर्वाचनबाट राजा छनौट गर्ने पद्धतिको विकास भैसकेको थियो ।  जहाँ नेतृत्वको लागि सक्षमता बिचमा निर्वाचन हुने प्रचलन थियो; प्राचिन कपिलवस्तु नगर यसको एक ज्वलन्त उदाहरण हो । जहाँबाट  द्वन्द्व सुरुवात  भयो त्यहिँबाट विकासित समाजको विकास भयो तर हाम्रो बिचमा भैरहेको राजनीतिक संस्कारको कमजोरीले गर्दा हामि बारम्बार द्वन्द भोगेपनि विकसित समाज निर्वाण गर्ने संधर्वमा पछाडि पर्यौं ।यहि तितो यथार्थलाई पाठको रुपमा लिंदै राजनीतिको ब्रेकथ्रु गर्न आवस्यक छ ।

आँफुले देशबाट के कुरा लिने भन्दापनि के कति देशकोलागि समर्पण गर्ने भन्ने कुरा महत्वपूर्ण हुनजान्छ । साँच्चिकै  नेपाली राजनीतिलाई  अहिलेको बदलीदो समय सापेक्षसंगै परिवर्तन गर्नका लागि सवै जिम्मेवार बन्न आवस्यक छ। सबै तह र तप्पकाबाट आँफुलाई देशानुकल परिमार्जन गर्नुपर्दछ । मुख्यत: राजनीतिक नेतृत्व उत्पादन विद्यार्थी राजनीतिबाट हुनेगर्दछ यदि विद्यार्थी राजनीतिलाई सहि ट्रयाकमा हिडाउन सकिएन भने भाबि देशको नेतृत्व नै गलत मान्छेको हातमा जानेछ त्यसैले विद्यार्थी राजनीति ब्यबस्थित र परिमार्जित गर्न यहिँबाट, आजैबाट र आँफैबाट  नै परिवर्तनको बिगुल फुक्न आवश्यक छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *