प्रदेश ३ सांसद लामिछानेको निधन

काठमाडौँ — आइतबार दिउँसो अत्याधिक रक्तचाप बढेपछि उपचारका लागि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएका प्रदेश ३ का प्रदेशसभा सांसद हरीशरण लामिछानेको मतिष्तक घातका कारण निधन भएको छ ।
भक्तपुर क्षेत्र १ ‘ख’ का एमाले सांसद लामिछानेको केएमसी सघन उपचार कक्षमा भेन्टीलेटरमा राखेर उपचार प्रयास भइरहँदा निधन भएको हो।
उनको स्वास्थ्य अवस्था बारे जानकारी लिन सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पताल पुगेका थिए।
भक्तपुर एमाले जिल्ला कमिटीका सचिवसमेत रहेका ५१ वर्षिय लामिछानेको श्रीमती, एक छोरा र तीन छोरी छन्। उनको आजै पशुपतिको अार्यघाटमा अन्त्यष्टी गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *