नेपाल पुलिस र सुनसरी–११ बीच प्रतिस्पर्धा हुँदै

पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज विभागीय नेपाल पुलिस र सुनसरी–११ बीच प्रतिस्पर्धा हुँदैछ । २ टोलीबीचको प्रतिस्पर्धा सदरमुकामस्थित थरुहट गाईघाट रंगशालामा अपरान्ह ४ बजे सुरु हुनेछ ।

आजको विजेताले सेमिफाइनलमा लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दी क्लबको सामना गर्नेछ । यसअघि हिजो भएको तेस्रो क्वाटरफाइनलमा मोरङ ११ लाई ४–१ गोल अन्तरले हराउँदै रुस्लान थ्रीस्टार क्लबले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको थियो । विजेताले ५ लाख रुपैयाँ हात पार्ने प्रतियोगितामा ८ टोली सहभागि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *