ओली–दाहाल वार्ता हुँदै

जेष्ठ २, २०७५ एमाले र माओबादी केन्द्रबीचको पार्टी एकतालाई गति दिन दुई दलका अध्यक्षबीच वान टु वान वार्ता हुदैछ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहिबेरपछि सुरु हुने बैठकमा पछिल्लो समय देखिएका असमझदारी अन्त्य गर्दै एकतालाई टुंगोमा पुर्‍याउने बिषयमा छलफल हुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

२ दलबीच चाँडै एकता गर्ने सहमति भएपनि शीर्ष तहमा ठोस सहमती बन्न नसक्दा दुई पार्टीको एकता लम्बिदै गएको थियो । यसबीचमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र आफ्नै पार्टीका दोस्रो तहका नेताहरुसँग छलफल गर्नुभएको थियो । दुबै पार्टीका दोस्रो तहका नेताहरुले आपसी असमझदारीलाई स्पष्ट राख्दै एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेतृत्वमाथी दबाब दिईरहेका छन् ।

दुवै अध्यक्षबीच सहमती बने आजै संयोजन समितीको बैठक बसी पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी समेत गरिएको छ ।   लगत्तै एमाले स्थायी समिति बस्ने माओवादी केन्द्रसँगको एकता प्रक्रियाबारे छलफल गर्न एमालेले अपरान्ह स्थायी समिति बैठक बोलाएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ४ बजे बस्ने बैठकले माओबादी केन्द्रसँगको एकता प्रक्रियामा हालसम्म भएका प्रगति र आगामी रणनितिबारे छलफल हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । दुई पार्टीबीचको एकता प्रक्रियामा सुस्तता बढिरहँदा सत्ता नेतृत्वकर्ता दल एमालेले आन्तरिक छलफललाई अघि बढाएको हो । आगामी आर्थीक बर्षको निति तथा कार्यक्रम प्रस्तुत हुनु अघि नै एकता प्रक्रियालाई टुंग्याउने हिसावले दुबै दलले गृहकार्य गरिरहेको एमाले उच्च श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *