भोलि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा

-एमाले र माओवादी केन्द्रले वाम एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आन्तरिक छलफललाई तीब्र पार्ने भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान भएको भेटवार्तामा पछिल्लो समय देखिएका असमझदारी अन्त्य गर्दै एकतालाई टुंगोमा पुर्‍याउने बिषयमा छलफल भएको छ ।

दुवै अध्यक्षबीच वाम एकता प्रक्रियाबारे छलफल घनिभूत पार्ने र भोलि एकता संयोजन समितिको बैठक बसेर आवश्यक निर्णय लिने सहमति भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल गर्न भोली विहान १० बजे एकता संयोजन समितिको बैठक बस्दैछ ।

सम्भवत भोलि नै एकता घोषणा हुनेछ । भोलि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *