नेपाली भुमिमा भारतीयहरुको घरटहरा

सप्तरी  – भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घर टहरा बनाउन थालेका छन् ।

उनीहरुले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गरिरहेका छन् ।

जिल्लाका गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका हुन् ।

यसबारे जिल्ला प्रशासन भने बेखबरझैं बनेको छ । आजकोकान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घर टहरा बनाएका छन् ।

केही बर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिमा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *