यस्तो बन्ने भयो – नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कमिटी

नेपालका दुई ठुला दल एमाले र माओवादी केन्द्र एकीकरणको अन्तिम तयारीमा जु्टेका छन् । विहिबार अपरान्ह ४ बजे राजधानीको राष्ट्रिय सभागृहबाट एकताको उद्घोष दुबै पार्टीका अध्यक्षहरुले एकै साथ गर्ने भएका हुन् ।

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने, माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्नेलगायत विषयमा सहमति भएको छ ।

प्रस्तावित पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ ।   त्यस्तै  केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने सूर्य रहनेछ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *