प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति -डा.बाबुराम भट्टराई

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन् ।

उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’ एमाले र माओवादीले  सर्वहारा अधिनायकत्व नै छाडेडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएकाे उनकाे तर्क छ ।

उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि  माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको समेत बताएका छन् ।

आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ?प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो?प्रष्ट पारियोस्! भनेका छन् ।

नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको२५ औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन!आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ?प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो?प्रष्ट पारियोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *