विप्लवले पार्टी एकताको शन्देस र शुभकामना बाँडेपछि

नबराज भण्डारी –

तपाईलाई बधाई तथा शुभकामना के को बधाई ? प्रति प्रश्न हुन्छ । मोबाईलको घण्टी सँगै स्क्रिनमा विप्लवको सेभ गरेको नाम पहिलो आवाजमै बधाई आए पछि धन्यवाद भन्दै जवाफ फर्काए । तत्कालिन एमालेका डडेल्धुरा पूर्व उप सचिव तुलाराम बोहराले पार्टी एकता बारे विगत सम्झीदै आफूलाई विश्वास नभएको तर एकताले आफू असाध्यै खुशी भएको टेलिफोनमा विप्लपलाई बताए ।” विहिबार पार्टी एकता घोषणा गरेका तत्कालिन एमाले अध्यक्ष के.पी. ओली र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको सहमती लाई डडेल्धुराको कार्यकर्ता तहमा यसरी बाडिएको यो टेलीफोन संवादको अंश हो ।

डडेल्धुराका तुफानडाँडा चौक वागवजारमा भेटीने हुन, वा भित्री मधेशको मलास सम्म कार्यकर्ता तहमा भेट्दै खुशी बाड्ने र फेसबुकका वालमा वधाई दिने हरु दुई देखी प्रसस्तै भेटिदैछन् । माओवादी केन्द्रका ३ पटक जिल्ला सचिव भैसकेका विप्लव पदम जोशी पार्टी एकताबाट आफू असाध्यै खुशी भएको भन्दै तत्कालिन एमालेका नेता कार्यकर्ता तहमा समेत टेलिफोन मार्फत काठमाण्डौबाट बधाई दिन थालेका छन् । विप्लव मात्रै नभई अधिकाँश डडेल्धुरेली तत्कालिन एमाले र माओवादीमा पार्टी कार्यकर्ता एकताको शन्देसलाई साकारात्मक रुपमा जनस्तर सम्म बाड्न थालेका हुन ।

विप्लवको टेलिफोन सम्बाद भएका भित्री मधेश क्षेत्रका चर्चित नेता तुलाराम बोहरा एमाले माओवादी अलग मोर्चाबाट २४ वर्ष सम्म कैयो पटक एक अर्कालाई देखि नसहनु वुझाई आज अन्त्य भएको स्मरण गर्छन । एकै गाउँका उनिहरु जनयुद्धकालिन अवस्था विभाजित भएका मनहरु समाजिक सम्वन्ध लगाएत वक्तिगत जिवनका कुरामा गफैदैं थिए लाग्थ्यो एकता पछि एउटै बुवाका दुई भाईको अंशवण्डामा कुरा नमिलेर अद्धालतवाट वरावरी अंश पाएपछी घरयासी पुर्नमिलन हो ।

जनताको अभिमत कम्युनिष्टको पक्षमा भए पनि कम्युनिष्ट पार्टी एक नभएका कारण जनताले पटक पटक दुःख पाएकोमा अब जनताको दुःखका दिन गएको विप्लप तुलारामको बुझाई छ । कम्युनिष्ट पार्टी एकता भए पछि पार्टी भित्र अन्तर संघर्ष स्वभाविक हो पार्टी जीवन्त राख्नका लागि तर एकता पछि अन्तरसंघर्षलाई गुटबन्दी गर्दै फुटको राजनीति नगर्न एकिकृत केन्द्रीय नेताहरुलाई विप्लवले सुझाव समेत दिएका छन् । सँगै पहिले विप्लव र मैले एमालेमै काम ग¥यौ उनी ०५२ तिर माओवादी आन्दोलन तिर होमिए हामी धेरै पटक एक अर्कालाई सहनै नसक्ने गरी सिद्धयाउने दुश्मनको रुपमा देख्थ्यौ आज पार्टी एकता पछि खुशीको कुनै सिमा नरहेको बोहरा बताउछन् । तत्कालिन एमालेका जिल्ला नेता समेत रहेका तुलाराम बोहरा भित्री मधेश क्षेत्र माओवादीको विशेष ईलाका बनेपछि तत्कालिन एमाले माओवादी बीच एक अर्कामा ठूलै लडाई चल्ने गरेको सम्झन्छन् ।

जनताको बहुदलिय जनवादबाट निर्देशित बिचारबाट प्रशिक्षित तुलाराम बोहरा र युद्ध कालिन समयका आन्तरिक पार्टी जीवन र जनस्तरमा कैंयौ जनकारबाही गरी चर्चामा आएका विप्लप शान्तिपूर्ण राजनीतिले मिलन दिर्घकालिन हुनुपर्नेमा टेलिफोनमा सन्देश दिदै थिए । । टेलीफोनमा मात्रै सवाद को कुराले उनको गफ रोकीएन उनको मन आन्दोलनरत नेपाल कम्युनष्टि पार्टीका महासचिव विप्लपलाई सुझाब दिँदै जनयूद्धकाल भोगेका डडेल्धुराका विपल्व भनछन क्रान्तिको नक्कल गरेर अहिलेको अवस्थामा जनताका अधिकारहरु स्थापित नहुने निष्कर्स ।” उही युग उही समय उही चेतना जनताको नभएका कारण संघर्ष भन्दा अहिले देशमा आर्थिक समृद्धिको समय भएको उनको ठम्माई छ ।

दुई पार्टीको एकता समृद्ध नेपाल सुखी नेपाली बर्तमान सरकारको यात्रा सफल भए गरिबी र विभेद हटने भष्ट्राचार न्यूनिकरण कम विश्वासमा छन । दुई कम्युनिष्ट केन्द्रहरु एकै ठाउँमा आउने कुराहरु नेपाली जनताको खुशी र समृद्धी सँग साटिएकोमा गर्व भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य खगराज भट्ट बताउछन् । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी तेस्रो महाधिवेशनमा २०१९ मा छिन्न भिन्न भएको हो भटट् ले थपे , पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, निर्मल लामा, मोहन विक्रम सिंह लगायतका शिखर पुरुषले एउटै कम्युनिष्ट पार्टी बनाउन नसके पनि पार्टीका अध्यक्ष द्धय केपी ओली र प्रचण्ड युग नायको रुपमा दर्ज भएका छन । भट्ट डडेल्धुरामा २०६४ देखि लगातार नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा सँग चुनाव लड्दै आएका छन् । भट्टले देशको अग्रगतिको सपना २ पार्टीको एकता पछि पूरा हुने दृढ ईच्छा शक्ति जनस्तरमा समेत पलाएको बताउछन् ।

समाजबादी व्यवस्थाको यात्रा अगाडि बढाउने जनतालाई विश्वास योग्य कामबाट नेपाल कम्युनिष्ट पार्टीले प्रभावित गर्न सके सहीदहरुको सपना चाँडै केही वर्षमा पुरा हुने तत्कालिन एमालेका जिल्ला अध्यक्ष डा. ताराजोशी बताउछन् । जनस्तरमा कार्यकर्ताले गर्ने जनपरिचालन सरकारले गर्ने विकासको कार्यशैली आधारभूत तहबाटै माथि उठाउन सके पार्टी एकताको शन्देस साकारात्मक रुपमा जानेमा डा. जोशी ढुक्क छन् । देशको समग्र आर्थिक स्थितिमा परिवर्तन ल्याउने कम्युनिष्ट पार्टीको संकल्प जनताले जनअनुमोदन निर्वाचन मार्फत गरेकाले समृद्धिको यात्रा पुरा गर्न नेता कार्याकर्ता जुरमुराउनुको विकल्प नरहेको उनको ठम्याई छ ।

२ ठूला कम्युनिष्ट पार्टी विभाजनको कारण संसदिय राजनीति २४ वर्ष सम्म डडेल्धुरामा जित्न नसकेको बोहराको तर्क छ । डडेल्धुरामा बहुसंख्यक कम्युनिष्ट कार्यकता हुँदा हुँदै चुनावताका हार्नु परेको प्रविधिक पक्ष पूजिबादी राज्यसत्ताको आफूहरुका विरुद्धका प्रयोगहरुलाई उनि सम्झन्छन् । बामपन्थी २ ठूला शक्ति एक हुनुको सबै भन्दा खुशी डडेल्धुरेली आम कार्यकर्तामा देखिन्छ । स्थानीय राजनीतिमा राम्रै पकड र भोट पाएका कम्युनिष्ट पार्टी संसदिय राजनीतीमा कमजोर देखिनुमा प्राविधिक पक्षमात्रै भएको अधिकाँश कार्यकर्ताको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *