गन्यापधुरा गाउँपालिकाको मुहार फेर्दै स्थानीय युवा

 

डडेल्धुरा । नबराज भण्डारी- गन्यापधुरा गाउँपालिका २ गणेशपुरका २५ जना युवाहरु सामुहिक कृषि कार्य तिर अग्रसर भएका छन् । गन्यापधुरा गाउँपालिका वार्ड नं. २ कोजाकोटका स्थानीय युवाहरुले कृषि नर्सरी पशुपालन, कुखुरापालन च्याउखेती, पुष्प व्यवसाय गर्दै नमूना गाउँ बनाउने अभियान शुरुवात गरेकाहुन । गन्यापधुरा गाउँपालिकाको आर्थिक सहयोग जिल्ला बन कृषि, पशु सेवा, लगायतका संघ संस्थाहरुको अनुदानबाट सामुहिक कृषि कार्यले गाउँमै रोजगारी हुने उनीहरुमा आत्म विश्वास देखिन्छ ।
कृषि कार्यमा संलग्न मध्येका युवा दिल दिपेश देउवा भन्छन् । स्वदेशमै रोजगारी गर्ने अवसर सहयोगी निकायले जुटाई दिएकोछ । अवसरलाई गाउँका युवाहरुले मिलेर प्रयोग गर्ने आफूहरुको चाहना रहेको छ । यसै ६ महिना भित्र २ लाख रुपैयाको च्याउ विक्री गरी आम्दानी गर्न सफल भएको युवा व्यवसायी हिरा लाल भण्डारी बताउछन् । प्राविधिक सहयोग गर्ने जिल्ला कृषि कार्यालयले आफूलाई व्यवसाय गर्न उत्साहित गरे पछि यो व्यवसायमा लागेको भण्डारीको भनाई छ ।
च्याउ सम्बन्धी तालिम सिकेर युवालाई आफू सँगै जोड्दै च्याउ खेती गरेको भण्डारीको भनाई छ । गन्यापधुरा गाउँपालिका कृषि शाखामा कार्यरत झरेन्द्र खाती भन्छन् युवाहरुले आटे २०० घरधुरी रहेको गाउँको मुहार नै फेरिनेछ । बहुउद्देश्यि कृषि फर्ममा भैसी पालन, कुखुरा पालन, पुष्प व्यवसाय, बाख्र्रापालन ३०० रोपनीमा गर्ने कार्यले अरु वडा र जिल्लाकै लागि नमूना हुने उनको बुझाई छ । गन्यापधुरा गाउँपालिका वार्ड नं. २ का अध्यक्ष ईन्द्र कार्कीले भन्छन् दिर्घकालिन रुपमा यो व्यवसायमा युवालाई आकर्षित गर्न सके गाउँमै रोजगारी सृजना हुन्छ ।
कार्की विदेश जाने युवालाई आफ्नै मेहनत बाट गाउँमा कमाई गर्ने अवसर आएको तर्क गर्छन । कृषि कार्यालय जिल्ला बन गाउँपालिका पशु सेवा कार्यालयको अनुदान बहुउेश्यिय कृषि फर्मलाई रहेको गाउँपालिकाका अध्यक्ष नबल बहादुर मल्ल बताउछन् । उक्त फर्ममा काम गर्दै आएका युवा विदेशको रोजगारीको भिसा त्यागेर कृषि कार्य तर्फ उत्साहित हुन अरुका लागि समेत प्रेरणाको स्रोत भएको मल्ल तर्क गर्छन् । आफ्नै गाउँको सामुहिक निजी जमिनमा मिलेर कृषि कार्य गर्नु गाउँपालिकाले उपलब्धीका हुने विश्वास पछि आय आर्जनका लागि भन्दै बजेट समेत उपलब्ध गराएको उनले बताए ।
गन्यापधुरा गाउँपालिका कृषि शाखाले तरकारी बीउ विजन, टंकी निर्माण लगायत प्राविधिक सहयोग समेत गरेको शाखाप्रमुख झरेन्द्र खातीले बताए । पशु सेवा शाखाले कुखुराको खोर निर्माण प्राविधि ज्ञान केही आर्थिक सहयोग समेत गरेको गाउँपालिका शाखा प्रमुख कालि प्रसाद जोशीले बताए । जिल्ला बन डडेल्धुराको सहयोगमा बहुउद्देश्यिक कृषि फर्म भित्र पुष्प नर्सरी स्थापना गरी आर्थिक सहयोग उपलब्ध गराएको हो । नर्सरीमा बिरुवा उत्पादन गरी खाली बनमा बृक्षा रोपण गर्ने बिरुवा उत्पादन तथा वितरण गर्ने उद्देश्य रहेको नर्सरी व्यवस्थापक दिल दिपेश देउवा बताउछन् ।
आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउनु पर्छ भन्ने भावनाले कृषि कार्यमा आफु लागेको स्थानीयहरु बताउछन् । २५ जनाको सहकारी निर्माण गरी फलफूल खेती तरकारी खेती कुखुरा पालन गर्दै स्थानीय बजार प्रबद्र्धनमा आफूहरुको योगदान रहेने व्यवसायहरुको तर्क छ । अहिले डडेल्धुरामा कुखुराकै अण्डा समेत तराईबाट किन्नु पर्ने बाध्यताको अन्त्य आफूहरुले गर्ने स्थानीय कलावती देवी देउवा बताउछन् । गाउँपालिकाको रेखदेख कृषि र पशु सेवाको पटक पटकको सुझाव सल्लाह कै कारण आफूहरु यो व्यवसायमा लागेको देउवा बताउछन् । कृषि फर्मलाई आवश्यक पर्ने पोखरी निर्माण गरिएको स्थानीय युवा बताउछन् ।
गाउँका युवालाई समेटेर २५ जना युवा मध्ये दैनिक ७ जनाले बहुउद्देश्यि सहकारीमा पालैपालो काम गर्ने गरेको स्थानीय बताउछन् । सिंगो गाउँ बहुउेद्देश्यिय कृषि र पशुपालन तर्फ अग्रसर भएका कारण यसको लाभ स्थानीयले मात्र नलिई जिल्लाका लागि लाभ हुने सरोकारवाला बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *