उपक्षेत्रीय अस्पतालको स्तरोउन्नती घटाउन चलखेल

डडेल्धुरा । २०७० सालमा उपक्षेत्रीय अस्पताल मन्त्रि परिषद्को निर्णय गरी संचालनमा आए पनि व्यवस्थापन समिति भने पुरानै जिल्ला अस्पताल विकास समितिको रहेको तथ्य बाहिर आएको छ । उपक्षेत्रिय अस्पताल विकास समिती गठन नहुदै मेडीकल माफियाको चगुलमा फस्ने चर्चा डडेल्धुरामा हुन थालेको छ ।

मेडीकल माफीया हरुको एक समुहले स्वास्थ्यमन्त्री पदमा अर्याललाई जिल्ला अस्पताल वनाई नर्सिगं क्याम्पस संचालन गर्न सजिलो हुने भन्दै नगर प्रमुखलाई अधिकार दिन आग्रह गरेको वजारमा चर्चा छ । अस्पताल विकास समितीका अधयक्ष लक्ष्मण सिहले आफुलाई हटाउन नगर प्रमुख सक्रिय भएको आरोप समेत लगाए ।

विकास समीति नदन्दै उपक्षेत्रीय अस्पताल संचालन भई ५ औं वर्ष प्रवेश गरेको अस्पताल स्तरोन्नती गरी मेडिकल कलेजमा लैजान समेत नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले सरकारलाई दबाब दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता उपक्षेत्रीय अस्पताल निर्माणमा अहोरात्र लागेका सबै नेता कार्यकर्ताले उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउन माननीय मन्त्री पद्मा अर्याललाई औपचारिक प्रस्ताव समेत गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीका नेता पदमराज जोशी विप्लपले भने उपक्षेत्रीय अस्पतालको स्तारोन्नती गरी उपक्षेत्री अस्पताल गठन कार्याआदेश गर्न सरोकारवालालाई आफूहरुले भनेको समेत बताए ।

जोशीले अस्पताल डडेल्धुराका जनताले लडेर बनाएको हुँदा कुनै पनि हालतमा स्तर घटाउने कुरा गरेर जनतामाथि भ्रम नफैलाउन सरोकारवालालाई आग्रह गरेका छन् । कम्युनिस्ट पार्टीको बहुमतको सरकारले बजेट निर्माण गर्दै गर्दा गाउँपालिकामा अस्पतालको व्यवस्था गर्ने बजेटको व्यवस्था गरेको र उपक्षेत्रीय अस्पताललाई अझै विशेषज्ञ डा.युक्त बनाउने अभियानमा आफूहरुले डडेल्धुराका नेता सांसदहरुलाई दबाब समेत दिएको नेता यज्ञराज अवस्थीले बताए ।

अबस्थीले भने तत्कालिन एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीको नेतृत्वमा उपक्षेत्रीय अस्पताल घोषणा गर्न हामीले सरकारलाई बाध्य बनाएको स्मरण गराउदै आफूहरु उपक्षेत्रीय अस्पतालको स्तारोन्नती गर्दै मेडिकल कलेज बनाउन डडेल्धुराका नेता कार्यकर्ता लागि परेको बताए । अवस्थीले भने उपक्षेत्रीय अस्पताल गठन कार्य आदेश २०६२ अनुसार विकास समिति ऐन २०१३ को भएकाले अस्पताल विकास समिति उपक्षेत्रीयकै हुनु पर्ने तर्क समेत गरे ।

२०६२ को डडेल्धुरा अस्पताल विकास समिति गठन आदेश तत्काल खारेज समेत हुनुपर्ने डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष पदम जोशी विप्लपले बताए । उनले भने २०१३ को ऐन पुरानो भैसकेको छ । सबै पुरान ाऐनहरु विस्थापित भै सकेका छन् गठन आदेश पुरानोले संघिय संरचनामा काम गर्दैन सरकारले ३ तहको परिकल्पना गरिसकेकाले कानून पनि स्वतः नया ढंगले ऐन नियम निर्माण गर्दै व्यवस्थापन गर्नुपर्ने अहिलेको आवश्यकता हो जोशीले थपे ।

मन्त्रालयमा उपक्षेत्रीय अस्पताललाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु अस्पतालको क्षमता बढाउन बारम्बार मन्त्रीहरुलाई दबाब दिईरहेको हुँदा स्तर घटाउने कुरा कसैले गरे त्यसका विरुद्ध शसक्त रुपमा उभिन समेत जोशीले पार्टी कार्यकर्तालाई आग्रह गरे । जोशीकै भनाईलाई उदृत गर्दै कम्युनिस्ट पार्टीका जिल्ला नेता यज्ञराज अवस्थी अस्पतालको स्तर बृद्धि गर्न लागेको बताउछन् । वर्तमान अस्पताल विकास समिति डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई संचाल गरी राखेको मन्त्रालयका कर्मचारीहरु बताउछन् ।

२०७० साल जेठ ८ गते मन्त्री परिषद् निर्णय अनुसार उपक्षेत्रीय अस्पताल संचालनमा आए पनि विकास समिति भने पुरानै जिल्ला अस्पतालको रहेको मन्त्रालयका सूचना अधिकारी रामकृष्ण लामीछानेले बताए । लामीछानेले चिकित्सा शाखामा प्राप्त जानकारी अनुसार डडेल्धुरा उपक्षेत्रीय अस्पताल कानूनी रुपमा भए पनि विकास समिति पुरानो जिल्ला अस्पताल विकास समितिकै गठन कार्य आदेश अनुसार रहेको बताए । स्वास्थ्य मन्त्रालय प्रशासन शाखा प्रमुख उत्तम श्रेष्ठले टेलिफोनमा भने उपक्षेत्रीय अस्पताल विकास समिति गठन कार्य आदेश नबनेको कारण जिल्ला अस्पताल विकास समिति गठनादेश २०६२ अनुसार वर्तमान अध्यक्ष लक्ष्मण सिंह अध्यक्ष रहेको बताए ।

सिंह जिल्ला अस्पताल विकास समिति डडेल्धुराको अध्यक्ष रहेको नियुक्ती अनुसार नै उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई बोधार्थ पठाईएको बताएउपक्षेत्रीय अस्पताल विकास समिति गठन कार्य आदेश नबनेको कारण वेव साईडमा समेत नभएको स्पष्ट पारे । गठन कार्य आदेश नियमावली मन्त्रालयले बनाउने हुँदा मन्त्रालयमा परामर्श समेत भईरहेको श्रेष्ठले बताए । देश भरीका क्षेत्रीय र उपक्षेत्रीय अस्पतालहरुको गठन कार्य आदेश हुँदा समेत डडेल्धुरा उपक्षेत्रीय अस्पतालको गठन कार्य आदेश नबन्नु दुखद भएको पत्रकार मान बहादुर साउँद बताउछन् ।

साउँदको तर्क छ उपक्षेत्रीय अस्पताल गठन भएको ५ वर्ष वित्दा समेत सरकारले अस्पताल प्रति वेवास्ता गर्नु गैर जिम्मेवारीपन भएको बताए । नेपाल कम्युनिस्ट पार्टीका नेता करुणाकर ओझाले विगतका २ वटा सरकारले उपक्षेत्रीय अस्पतालको गठन कार्य आदेश रोकेर डडेल्धुरा अस्पताललाई जिल्ला अस्पताल विकास समिति मार्फत संचाल गर्नु गैर कानूनी रहेको बताए । अस्पताल गठन कार्य आदेश अर्को व्यवस्था नहुन्जेल भनेर दिनु लाजमर्दो कुरा रहेको हो । अस्पताल संचालन गर्न डडेल्धुरामा क्षमता भएका व्यक्तिहरु प्रसस्त हुदा हुदै अस्पताललाई विधि र पद्धतिबाट संचालन नगरी कानुन मिच्ने काम भएको ओझाको मन्त्रालय प्रति दुखेसो छ ।

सरकारले नीति बनाएर जनप्रतिनिधिलाई दिने वा प्रादेशिक उप प्रादेशिक बनाउने स्पष्ट नीति लिनु पर्छ स्तरोन्नती गर्दै ९ जिल्लाको रिफ्रल हस्पिटल बनाउनु पर्ने तर्क गर्छन जिल्ला समन्वय विकास समितिका प्रमुख गणेश राज भट्ट जिल्लाको समग्र विकास मात्रै नभएर ९ जिल्लाको मेरुदण्ड उपक्षेत्रीय अस्पताल डडेल्धुरा रहेको भट्टले बताए । स्वास्थ्य मन्त्रालयका पूर्व मन्त्री गखराज अधिकारी र गगन थापाका पालामा २ वटा नियुक्ती मार्फत लक्ष्मण सिंह उपक्षेत्रीय अस्पताल डडेल्धुराको अध्यक्षका रुपमा कार्यरत छन् ।

 

सिंह २०७२÷०६÷२७ देखि अहिले सम्म उपक्षेत्रीय अस्पतालको आफू अध्यक्ष भएको स्वीकार्छन २०१३ को ऐन अनुसार २०६२ को गठन कार्य आदेश अनुसार नै अध्यक्ष रहेकोले जिल्ला अस्पताल विकास समिति नभई उपक्षेत्रीय अस्पतालको नै मेरो नियुक्ती रहेको हो । मन्त्रालयले उपक्षेत्रीय अस्पताललाई आर्थिक, प्रशासनीक रुपमा काम काज दरबन्दी सृजना गरी काम गरीरहेको भए पनि विकास समिति भने जिल्ला अस्पताल विकास समिति डडेल्धुराको रहेको स्पष्ट पारेको छ ।

उपक्षेत्रीय अस्पताल गठन कार्य आदेश निर्माण नभएकाले कामचलाउ रुपमा लक्ष्मण सिंह काम गर्दै आएको समेत मन्त्रालयका प्रशासन शाखा प्रमुख उत्तम श्रेष्ठले बताए । मन्त्रालयकै अनुसार वर्तमान जिल्ला अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंह आफूलाई हटाउन केही व्यक्तिहरु नगर प्रमुखलाई अधिकार दिन लागीपरेको गुनासो समेत गर्दछन् ।

अस्पताल बनाउने हो भने सबैले सहयोग गर्नु पर्छ को अध्यक्ष हुने भन्ने विषय होईन संस्था प्रमुख कुरा भएकोले सबैले सहयोग गर्नुपर्ने उनले बताए । उपक्षेत्रीय अस्पतालको विकास समिति हटाएर पुरानै जिल्ला अस्पताल विकास समिति राख्ने र उपक्षेत्रीय अस्पताललाई जिल्ला अस्पतालमा ल्याउने अध्यक्ष सिंहको आरोप बारे नगर प्रमुखले केही प्रतिक्रिया दिन चाहेनन् । उनले टेलिफोनमा उपक्षेत्रीय अस्पताल विषयमा आफू अनविज्ञ भएको प्रतिक्रिया दिए । उपक्षेत्रीय अस्पतालमा १०९ जनाको दरबन्दी भए पनि विशेषयज्ञ डा. अभाव रहेको उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी टंक प्रसाद पन्त बताउछन् ।


 नवराज भण्डारी  टपलाईन खबरका लागि समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *