प्रहरीले माग्यो आठ हजार दरबन्दी

नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट पु-याउन पाँच सयभन्दा धेरै युनिट थप गरिनुपर्छ । प्रहरीको मुलुकभर अहिले प्रहरी प्रधान कार्यालयसहित दुई हजार ३३५ युनिट कार्यरत छन् ।

सिपाहीदेखि एसएसपीसम्म

प्रहरी प्रधान कार्यालयका अनुसार थप दरबन्दीमा सिपाहीदेखि एसएसपीदेखिसम्मको दर्जा रहेका छन् । मुलुक संघीय संरचनामा गएपछि प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन खडा गरिनु पर्ने भएका कारण पनि सोही संरचनाअनुसार दरबन्दी माग गरिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *