सेल्फीको चक्करमा ७ सय फिट गहिरो खोँचमा खसेपछि..

नयाँदिल्ली: उच्च गुणस्तरका फोटो खिच्ने क्यामेरासहितका स्मार्ट फोनको विकास भएसँगै सेल्फी लिनेको होडबाजी चलेको  । मानिसहरुले रेलदेखि बससम्म शयन कक्षदेखि अस्पतालको अप्रेशन रुम तथा दाहसंस्कारस्थलसम्ममा सेल्फी लिन पछि पर्दैनन् ।

भारतको गोवादेखि छुट्टी मनाएर फर्किरहेका एक व्यक्ति बाटोमा सेल्फी लिने चक्करमा सात सय फिट तल खोँचमा पुगेर खसेका छन् । यो घटनापछि पुगेको उद्धार टोली ती युवाको अवस्था देखेर आश्चर्यचकित भए । समाचार अनुसार यति धेरै अग्लोबाट खसेर पनि ती युवालाई सामान्य मात्रै चोट लागेको थियो ।

समाचार अनुसार ३५ वर्षीय सम्पत महाले परिवारका साथ गोवाबाट बिदा मनाएर फर्किरहेका थिए । बाटोमा सिन्धुदुर्गको अम्बोली घाट क्षेत्रमा उनी एक झरना अगाडि सेल्फी लिन उभिएका थिए ।

त्यही बेला खुट्टाको सन्तुल बिग्रेपछि उनि सीधै सात सय मिटर तल खोँचमा झरे । पत्नीले खबर गरेपछि स्थानीय पुलिस र बिपद् उद्दार व्यवस्थापन टोली घटनास्थलमा पुग्यो । त्यसपछि स्थानीयबासीको सहयोगमा उनलाई खोचबाट निकालियो । अन्नपूर्ण पोष्टले लेखेको छ ।

५ घण्टा लामो कोशिशपछि जब उद्धार टोली खोँचमा पुग्यो तब युवालई देखेपछि आश्चर्यमा पर्यो । सम्पत कुनै चोट पटक नलागेको अवस्थामा थिए । समाचार अनुसार यति धेरै उचाईबाट झरेका सम्पत कुनै ढुंगोमा नबजारिएकाले सुरक्षित भए । उनलाई अहिले नासिकको अस्पतालमा भर्ना गरिएको छ ।

पत्नीले के भनिन् ?

महालेकी पत्नी छायाले भनिन्, ‘हामी कोल्हापुरमा महालक्ष्मी मन्दिरको पूजाका लागि गइरहेका थियौँ । बाटोमा पति सेल्फी लिनका लागि रोकिएको अवस्थामा घटना भयो । आज मेरा पति जीवितै छन्, त्यो केबल महालक्ष्मीजीको आशीर्वाद सम्भव भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *