हत्या आरोपमा वडाध्यक्ष पक्राउ

रौतहटको कटहरिया नगरपालीका ९ डुमरिया टोलका १२ वर्षीय बालक युवराज साहको हत्या अभियोगमा वडाध्यक्ष रामाज्ञाराय यादबलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको योजनाकार नै वडाध्यक्ष यादब भएको हुन सक्ने ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक चतुर्भज ओझाले बताउनुभयो ।

स्थानीय दिलिप साहका १२ वर्षीय छोरा युवराजको शनिबार राती अपहरणपछि हत्या भएको थियो । वडाध्यक्ष यादवसहित हत्या आरोपमा अहिलेसम्म ७ जना पक्राउ परिसकेका छन् । आफ्नै घरमा सुतिरहेका बालकलाई छिमेकी यादवको योजनामा अपहरणपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष यादवका छोरा शक्ति यादव, बृन्दावन नगरपालिका स्थित  आकरपाथर टोलका रवी पटेल र विनोद पटेलको बयानबाट बालकको अपहरण र हत्याको योजना वडाध्यक्षले नै बनाएको खुलेको हो । फिरौतीका लागि युवराजको अपहरण गरेको आरोपीतहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ ।  अपहरणकारीले काकाका छोरा निरन्जन जयसवालले प्रयोग गर्ने मोवाइल साथै लगेका थिए ।

सोही मोबाइलबाट अपहरणको १२ घण्टापछि अपहरित बालकका बुवा दिलिप साहलाई फोन गरी १ करोड रुपैया फिरौती माग गरेको थियो । साहले त्यति धेरै रकम तिर्न नसक्ने बताएका थिए । त्यस पछि ५ लाख रुपैयामा बालकलाई अपहरण मुक्त गर्ने सहमति भइसकेको थियो ।  अपहरणकारीले २ घण्टा पछि स्थान तोक्ने बताएर सम्पर्क्वहिन भएका थिए ।

आइतबार राति करिब साढे ११ बजे वडाध्यक्ष यादवका भाई रामबालक यादवले अपहरित बालकका काका ओमप्रकाश जयसवाललाई फोन गरी भतिजाहरुले बालक अपहरण गरेको र फिर्ता गराउने बताएपछि जैसवालले इलाका प्रहरी गरुडालाई खबर गरेका थिए । त्यस पछि प्रहरीले गरुडा नगरपालिका ४ को वडा कार्यालय नजिकैको घरबाट वडाध्यक्ष यादवका छोरा सहितलाई नियन्त्रणमा लिन सफल भएको थियो । उनिहरुले अपारध स्विकार गरी बालकलाई गोली हानी हत्या गरेर फालेको बताएका थिए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गौरबाट बालकको शव गाउँमा ल्याई साँझ अन्त्येष्टि गरिएको छ । त्यस क्रममा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *