१२ वर्षिय महेन्द्र शाही र विशाल खत्री सुतिरहेकै ठाउँबाट बेपत्ता

कैलाली । कैलाली जिल्ला टिकापुर नगरपालिका व्लक नं.  २९ मा कोठामा बस्दै आएका दुईजाना बालक यहि जेठ २४ गते राती कोठा बाटै एका एक बेपत्ता भयका छन । बेपत्ता हुनेमा टिकापुर नगरपालिका स्थार्इ घर भएका बिरेन्द्र शाहिका १२ वर्षिय छोरा महेन्द्र शाही र साेहि ठाउँका राजेश खत्रीका १२ वर्षिय छोरा विशाल खत्री रहेका छ्न ।
महेन्द्र शाही आफ्नो दिदि सङ्ग बस्दै आएका थिय ,भने विशाल खत्री चाहिँ परिवार सङ्ग बस्दै आयका थिए। महेन्द्रको दिदी घर गएको र उनले विशाल लाई आज मेरो कोठामा कोहि छैन यतै बसाैला भनेर बाेलाएका थिए । बेलुका खाना खाएर स‌ंगै सुतेका उनिहरु एका एक बेपत्ता भएका हुन । बेपत्ता भएका बालकका परिवारले प्रहरी लाई खोजि गरिदिनका लागि ईलाका प्रहरी कार्यालय टिकापुरमा निवेदन दिएका छ्न ।
निज बालकहरुकाे खाेजि भर्इरहेकाे ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएकाे छ । यदि कसैले भेटएमा मोबाईल नम्बर ९८१४६११२४८ ,९८६०६९८६४३ मा फोन गरेर सहयोग गरिदिन अनुरोध गरेका छ्न साथै परिवारले बालकलाई भेटाउने ब्याक्तिलाई नगद पुरुस्कार दिने समेत जनएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *