विपदबाट गुमेको पसल राहतेले पुर्नजिवित

नगरपालिका वडा नं ६ तातपानी वस्ने वर्ष ७४ म खडकसिंह खडका हु ।मैले वसोवास गर्ने परशुराम नगरपालिका वडा नं ६ तातपानी टोल वाढी तथा आगलागिको दृष्टिकोणवाट अत्यन्त जोखिममा रहेको टोल हो ।

नजिकको महाकाली नदी साथै सादनी खोलाको कारण वाढीको उच्च जोखिम रहेको यो टोलमा चैत्र,वैशाख र ज्येष्ठमा चल्ने हावाहुरीका कारणले पनि आगलागिको घटना पनि हुदै आइरहेको छ । हरेक वर्ष वाढीको चपेटामा पर्ने यो टोल विशेष गरी वि.स. २०६६ सालमा आएको वाढीले निकै मात्रामा धनजनको क्षती भएको थियो ।

आज भन्दा करीव १० वर्ष अघि घरको लागि माटो संकलन गर्ने क्रममा महाकाली नदीको छेउमा रहेको ढिस्कोवाट ढुङ्गाले थिचेर मेरो दाहिने खुट्टा काम नलाग्ने भयो र मैले आफ्नो दाहिने खुट्टा गुमाउनु प¥यो । त्यस दिन हाल सामुदायीक विपद् व्यवस्थापन समितिका संयोजक श्री मानवहादुर थापाले मलाई उपचारका लागि भारतको तिलीभिट पु¥याए पनी मेरो खुट्टाको उपचार हुन नसकी खुट्टा गुमाउनु प¥यो ।

आज भन्दा करीव ९ वर्ष अघि वि.स. २०६६ सालमा आएको वाढीको कारण मैले चलाउदै आएको पानी घट्ट र पसल समेत वगाएको र शारीरिक अवस्थाको कारण पून घट्टलाई संचालनमा ल्याउन सकिएन र हाल महेन्द्रनगरमा रहेको एक संस्थाले प्लाष्टिकको कृत्रिम खुट्टा उपलब्ध गराए पश्चात लौरोको सहाराले आफ्नो दैनिकी काम काज गर्दै आइरहेको छु ।

घरवारीको काम गर्न उमेर र शरीरले नसक्ने भए पछि मेरो आफ्नै प्रयासले एक सानो पसलखोलीव्यवसायगर्दै महाकालीपारी भारत जाने र आउने ग्राहकहरुलाई खाजाको व्यवस्था गरे वापतमहिनाको मुश्किलले ७०००.०० आम्दानीगर्दै आफ्नो गर्जो टार्दै आइरहेकोमामिति २०७५ साल वैशाख २८गते दिउँसो आफ्नो पसलवन्द गरी घरमाखानखानगएको वेलाअन्दाज २वजे तिर एक्कासीपसलआगलागिभएको भनीहोहल्ला सुने ।

शुरुमा त विश्वास नै लागेन तर विस्तारै सवै मैले दुखले वनाएको पसलतिर जादै गर्दा साच्चै नै आगलागिभएको हो कि जस्तोे लाग्यो । बल भएको भएतत्कालै कुदेर भएपनि क्षति कम गर्न सक्ने थिए जस्तो लाग्यो तर मेरो खुट्टा सवलनभएको कारण तत्कालै पसलपुग्न सकिन ।

हार गुहार गर्दा नेपालप्रहरी र समुदायमाविपद् प्रतिकार्य तालिमलिएका स्वयंमसेवक साथै रेडक्रसका सामाजिक परिचालकहरु कुदेर आउदा त पसलमा राखिएका सम्पूर्ण विस्कुट,चाउचाउ लगायत कारोवारवाट जम्माभएको नगद ४०००.००,लत्ता कपडा, रेडीयो र कपडा तथा पैसा राख्ने टीनको बाक्सा सवै जलेर खरानीभयो ।

चार छोरीहरुको बुवा म सवै छोरीहरुको बिहेवारी गरी आ–आफ्नो घर पठाइसकेको र घरमा केवलश्रीमती र म गरी जम्मा २ जनामात्र रहेकोअवस्थामाआफुले दुखले वनाएको पसलपनि नरहेकोले मन भक्कानीएर आयो स्वास पनि फेर्न मुस्किलभयो साथै मनले के गरौ के नगरौ जस्तो भयो ।

सुरक्षाकर्मी तथा रेडक्रस स्वयंमसेवकहरुले भरपुर प्रयास गर्दा पनीआगलागि नियन्त्रण हुन सकेन र आगलागीपश्चात सुरक्षाकर्मी र स्वयंमसेवकहरुले सान्त्वनादिएपनिनिकै दःख कष्ट गरी वनाएको पसल एक क्षणमै खरानीभएको देख्दा मन सम्हाली सक्नु भएन् । आफ्नो खुट्टामा प्लाष्टिक राखी जेनतेन गरी हिडन सक्ने मलाई अवकादिनअझकहालीलाग्दो भयो र बाच्ने सहारा एक मात्रपसलपनी खरानीभएकाले दैव प्रतिपनी मेरो गुनासो रह्यो ।

विस्तारै मनलाई सम्हाले र मेरो पसलमाआगलागिभएको खवर गाउँभर फैलियो । त्यसवेला रेडक्रसको अगुवाईमाहाम्रो समुदायमा सामुदायीकविपद् व्यवस्थापन समिति गठन भएको मलाई जानकारीथियो ।

आगलागिभएको भोलीपल्ट नै समितिका संयोजकले प्रहरी मुचुल्कातुरुन्तै वनाउनपहलगर्नुका साथै विपद् व्यवस्थापन समितिको आकस्मिकवैठक मेरो पसल रहेको अगाडिको चौरमावोलाई राहतको वारेमा छलफल गराई मलाई रु ४०००.०० दिने निर्णय गरी तत्काल राहतप्रदानगरियो र महाकालीनदी समुदायमाआधारित समावेशीकार्यक्रमकाकर्मचारीहरुले आफ्नो तलबवाट तत्काल राहत स्वरुपनगद रु २०००.०० र रेडक्रस उपशाखाकासदस्यश्री बलदेव नाथवाट नगद रु १०००.०० र परियोजनामाकार्यरतकर्मचारीहरुले नै नेपाल रेडक्रस सोसाइटीजोगवुढा उपशाखासंग सम्पर्क गरी आवश्यकपाल, कम्वल,लत्ता कपडाका साथै खानावनाउन भाडावर्तनको साथै पानीपिउनकालागि बाल्टिन तथामगको पनिव्यवस्थाआफ्नै वासस्थानमाउपलब्धगराएकोमाथोरै राहतमहशुस भयो ।

हालसम्म यस अघि प्रकोप तथाविपद् प्रभावितहरुले यति चाडो कसैले पनि राहतपाउननसकेको अवस्थामा मेरो शारीरिक अवस्थालाई वुझिआगलागिभएको घटनास्थलमै राहतवितरण भएकोमा राहतपाएको महशुस गरेको छु । यसले मेरो क्षतिभएको पसलको चोटको पिडामा थोरै भएपनिमल्हमलागेको महशुस भएको छ ।

राहतकोषकालागि नेपाल रेडक्रस सोसाइटी महाकालीनदी समुदायमाआधारित समावेशीकार्यक्रमवाट हाम्रो समुदायमा रु ५०,०००.०० को व्यवस्था गरेको र समुदायमाहोली खेलीनगद रु ९८००.०० जम्माभएकोले गर्दा तत्काल मैले राहतप्राप्त गरे जसको कारण तत्कालै आगलागिले ध्वस्तभएको मेरो पसललाई सामुदायीकविपद् व्यवस्थापन समिति, महाकालीनदी समावेशी परियोजनाकाकर्मचारी र रेडक्रस स्वयंमसेवकले उपलब्ध गराएको नगद सहयोगकै कारणकामदार राखी जिर्ण वनेको पसललाई पून माटोको गारो र नया र पुरानो जस्तापाता राखीहालचलनमाल्याउन सफलभए ।

अन्तमादुःख परेका वेलातत्कालै घटनास्थलमा नै गई रकमउपलब्ध गराई ऋणको वोझ घटाएर चाडै पूर्नस्थापितगर्न सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जोगवुढा उपशाखा, महाकालीनदी समावेशी परियोजना र सामुदायीकविपद् व्यवस्थापन समितिलाई हृदय देखि नै धन्यवादव्यक्तगर्न चाहन्छु ।

– खड्क वहादुर खडका
प.न.पा. ६ तातपानी,डडेल्धुरा
राहतवितरण गर्नका लागिविपद् व्यवस्थापन समितिले गरेको निर्णयको तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *