वसंत -वर्णन

उदायो दिव्य सौन्दर्य, रितुराज वसन्त को।
मेला झैं लाग्न थाले छ, कमनीय स्वरूपको।

                 कतै प्रभातको लाली, स्वर्ण छर्कन्छ डालीमा।
                 कतै पुष्प लता झुम्छन्, मन्द मन्द बयारमा ।

उषाका ओशका बिन्दु, कोहिनूर बनीकन।
टल्किन्छन् फूलमा हाँस्दै, आभूषण बनीकन।

               शुष्क वृक्ष पनी पाई,नव पल्लव सुन्दर ।
               मुसुक्क हाँस्न थाले छन्, हेरि सौन्दर्य, वैभव।

हरीतिमा, सजीएकी, धर्ती को आँचलै बनी।
देखी, मुग्ध भएको छ,स्वयं रितुराज यो पनि।

                      फूल पर्खी बसेका छन्,पुतली आउने क्षण।
                      सजाई स्वप्न को सेज,सम्मोहित भईकन।

कोइली प्रिय खोज्दै छन्, “कहूं,कुहूं” गरीकन।
मानौं, संकेत गर्दैछिन्, याँ छु, याँ छु, भनीकन।

                  कस्तो यो दिव्य सौन्दर्य, कस्तो लावण्य रूप यो।
                  यस्को मादकता संग, जोरि खेल्नु अनर्थ हो।

भमरा पनि घुम्दैछन्, “भूं भूं ” गर्दै वरिपरि ।
त्यस्को आशय बुझ्दैछिन्, यहाँ कमलिनी पनि।

चखेवा पनि सान्निध्य, खोज्दै छन् त्यो चखेवीको।
                    फिंजाई पंखको पर्दा,सुख खोज्न अंधेरिको।

पुक्क, पुक्क गरी सप्पै, फुट्दैछन् कोपिला पनि ।
रोक्नै न सकि तारुण्य, दृश्यमान भए सरी।

                  कस्तो सुगन्ध चौतर्फी, कस्तो अद्भुत यो नशारु
                 अवश्य सुधृने भै गो,बिरही प्रेमीको दशा।

आम्र(मंजरि छर्दैछन्, वियोगी मनमा नशा।
बिक्षिप्त बनि खोज्दै छन्, आफ्नै संस्मृति का कथा।

                  वृक्ष को गरि आलिंगन, मुग्ध छन् लतिका पनी।
                  देखेर दन्कियो ज्वाला, पुण्यात्मा सतिको पनि।

यस्तो दुर्जेय संग्राम, कस्ले पो जित्न सक्छ र ?
यस्तो मायावी संसार, कस्ले पो छोड्न सक्छ र ?

डा . टेकराज पन्त
महेन्द्रनगर, कंचनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *