घुस काण्ड डडेल्धुरा – २ लाख ४० हजार फिर्ता रहस्य यस्तो छ !

मुक्त हलियाका लागी जिल्ला मालपोत कार्यालय मार्फत आएको रु २३ करोड मध्ये ३ करोड ३८ लाख रुपैयाँ भष्टाचार भएको तथ्य वाहिर आएको छ । डडेल्धुरा जिल्ला मालपोत कार्यालयको तथ्याकं अनुसार कुल १२ सय हलियाका लागी आएको रकम मध्ये विस हजारका दरले मालपोत कार्यालयले घुस मागेको भन्दै पिडीतले जिल्ला प्रशासनमा उजुरी दिएका छन ।

घुस मागेको आरोपमा जिल्ला मालपोत कार्यालयका लेखापाल दिल वहादुर ऐर कार्यालयका कार्यालय सहायक मान वहादुर विक मुक्त हलिया महासंघ डडेल्धुराका अध्यक्ष तुलाराम सार्की विरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको हो । तिन करोड घुस मात्रै कर्मचारी र हलियाका अगुवाले लिएको तथ्य सर्वाजनिक भएपछी आफुलाई वचाउन आरोपितहरु विभीन्न क्षेत्रमा गुहारीरहेका छन ।

जिल्ला प्रशासनमा तिन जनाका विरुद्ध नाम किटानी सहित उजुरी परेपछी गत विहीवार देखी वयान लिनेकाम समेत सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी करुणकर अवस्थीले हिन्दकुशलाई वाताए । अमरगढी २ का पिडीत हिक्मत दमाई रमेश दमाई धर्म तिरुवा लगाएतका मुक्त हलियाले नाम किटानी सहित रकम लिएको भन्दै तिन जना विरुद्ध उजुरी गरेका हुन ।

जिल्लाभरी मुक्त हलियाहरु जिल्ला प्रशासनमा खुस खाने कर्मचारीको नाम किटानी सहित उजुरि गरेपछी धमाधम उनिरुलाई कमिसन वाफतको पैसा फिर्ता हुन थालेको हो । घुसकाण्डमा मुछिका कर्मचारीहरु स्पक्ष्टीकरण मात्रै साधेर छोडेपछी कमिसन खाएका व्यक्तिका पैसा फिर्ता गर्नमा व्यस्त देखीन्छन ।

जिल्ला प्रशासनमा उजुरी परेका मध्ये लेखापाल दिल वहादुर ऐर मान वहादुर विक तुलाराम सार्कीले मुक्त हलिायावाट लिएको घुस रकम फिर्ता गरेका छन । दुई वर्षपछी घुस रकम फिर्ता पाउनेहरुमा अमरगढी १ का राज वहादुर टमटा , २० हजार नरविर टमटा २५ हजार उद्धव सार्की १० हजार रमेश दमाई ४ हजार सिद्धराज चुनारा ८५ हजार जोगी टमटा १० हजार राम सि लुहार ५ हजार गणेश चुनारा २० हजार धर्म तिरुवा १ हजार रहेका छन ।

सवैभन्दा वढी घुस कायार्मलयका लेखापालले दिल वहादुर ऐरले रु २ लाख फिर्ता गरेका छन । जिल्ला मालापोत कार्यालयका कर्मचारी मान वहादुर विक र मुक्त हलिाया समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्की २० हजार विकले २० हजार का दरले पिडीत हलियाको रकम फीर्ता गरेका हुन । जिल्लाभरि घुस लिएको करोडौ रकम हुन सक्ने भन्दै जिल्ला प्रशासन डडेल्धुराले अनुसन्धान सुरु गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *