उप क्षेत्रिय अस्पताल डडेल्धुरा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय

नवराज भण्डारी

डडेल्धुरा । उप क्षेत्रिय  अस्पताल डडेल्धुरा प्रदेश सरकारलाई हस्तान्तरण भएको संघिय सरकार मार्फत स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको छ । प्रदेश सरकारको मुख्य मन्त्री कार्यालय समाजिक विकास मन्त्रालय लाई परिपत्र गर्दै उपक्षेत्रीय अस्पताल, सेती अञ्चल अस्पताल, महाकाली अञ्चल अस्पताल प्रदेश नं. ७ का सम्पूर्ण अस्पताललाई प्रदेश सरकार मातहत राखिएको छ ।

प्रदेश नं. ७ समाजिक विकस मन्त्रालयका डा. चेतराज जोशीका अनुसार प्रदेश नं. ७ को कर्मचारी व्यवस्थापन अस्पताल व्यवस्थापन बजेट निर्माण लगायत सम्पूर्ण अधिकार सहित संघिय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको बताए । प्रदेश नं. ७ को सबै भन्दा ठूलो अस्पताल उपक्षेत्रीय अस्पताल लगायत सम्पूर्ण अस्पतालको खटनपटन प्रदेश नं. ७ मा हस्तान्तरण भएको मुख्य मन्त्री कार्यालयले बताएको छ ।
प्रदेश नं. ७ अन्तरगत रहेका जिल्ला अस्पतालहरुलाई समेत बजेट विनियोजित गर्ने कर्मचारीको सरुवा जिम्मा समेत दिएको हो । संघिय सरकार मार्फत रहेका सम्पूर्ण अस्पताललाई प्रदेश सरकार मार्फत हस्तान्तरण हुनु सुखद कुरा भएको मुख्य मन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश नं. ७ का सामाजिक विकास मन्त्री १ महिना अगाडि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अनुगमनमा गरी गईसकेका छन् भने मुख्य मन्त्री त्रिलेचन भट्टले उपक्ष्ँोत्रीय अस्पतालको अनुगमन गर्दा घुमाउरो भाषामा अस्पताल प्रदेश सरकार मार्फत आई सकेको कार्यक्रममा २ हप्ता अगाडि जानकारी गराएका थिए । प्रदेश सरकार मार्फत रहने उपक्षेत्रीय अस्पतालको विकासका लागि प्रदेश सरकार तयार रहेको सामाजिक विकास मन्त्रालयले हिन्दकुशलाई बताएको छ ।


समसामयिक  बिषयमा कलम चलाउने भण्डारी झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी टपलाईन खबरका लागि स्थापना कालदेखि कलम चलाउदै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *