नबदुर्गा गाउँपालिकाले खानोपनीका मुहान संरक्षण गर्ने अभियान सुरु ग¥यो

नवराज भण्डारी

डडेल्धुरा । नबदुर्गा गाउँपालिका खानोपनीका मुहान संरक्षण गर्ने अभियानमा अनुकुलन कार्यक्रमलाई बजेट बाटै नीतिगत निर्णय गरेको छ । नबदुर्गा गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत पुष्पराज जोशीका अनुसार नबदुर्गा गाउँपालिका भित्र पानी मुहान संरक्षण गर्न नबदुर्गा गाउँपालिकाले मुहानको माथि रिचार्ज ट्यांकी निर्माण गरी मुहान संरक्षणमा लागेको बताए ।

नबदुर्गा गाउँपालिका गाउँपालिका भित्र पर्ने पानी मुहान हरु संरक्षण गर्न रिचार्ज ट्यांकीहरु निर्माण गरि खानेपानी संरक्षण अभियान गर्ने भएको हो । पानी कम फुट्ने मुहानहरुमा रिचार्ज ट्यांकीहरु निर्माण गरी मुहान संरक्षण कार्य अगाडि बढाएको जोशीले बताए ।

गाउँपालिकाका अध्यक्ष कबिन्द विष्टका अनुसार नबदुर्गा गाउँपालिकामा निर्माण भएको सडकहरु हरा भरा बनाउने अभियान समेत गाउँपालिकाले लिएको बताए । नबदुर्गा गाउँपालिकाको सरकार जलवायु अनुकुलन कार्यमा खटेको भन्दै जिल्ला भु संरक्षण कार्यालय खुशी समेत व्यक्त गरेको छ ।

जलवायु परिवर्तन समयानुकुल बनाउने अभियानमा नबदुर्गा गाउँपालिका उदाहरणिय बन्न खोजेको जिल्ला भुसंरक्षण कार्यालय प्रमुख शिव पोखरेलले बताए ।


 समसामयिक  बिषयमा कलम चलाउने भण्डारी झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी टपलाईन खबरका लागि स्थापना कालदेखि कलम चलाउदै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *