मुक्त हलियालाई स्थानीय तहमा चर्को कर

नवराज भण्डारी

डडेल्धुरा । मुक्त हलिया पुनःस्थापनाको १२ सय हलियाहरुको स्थानीय तहबाट गरिने सिफरिस चर्को भएको भन्दै हलियाहरुले विरोध गरेका छन् । डडेल्धुराका स्थानीय तहले घर निर्माण, घर मर्मत, जग्गा खरिद लगायत स्थानीय तहको काम सम्पन्न सिफारिसमा महंगो कर लगाए पछि यसको कानूनी उपचार खोज्ने हलियाहरुले बताएको छन् ।

नेपाल सरकार अन्तरगतको भूमि सुधार मन्त्रालय ले कानूनी परिपत्रमा मुक्त हलियाहरुलाई निःशुल्क रकम दिनु भनी परिपत्र मालपोत कार्यालय लाई गरेको भए पनि डडेल्धुराका स्थानीय तहमा सिफारिस कर महंगो भएको गुनासो बढ्न थालेको हो । जिल्ला मालपोत कार्यालयका प्रमुख अशोक सार्कीका अनुसार आफ्नो कार्यालय सँग स्थानीय तहले कर लिएको, दिएको आधिकारीक कुनै रेकर्ड नभए पनि गाउँस्तरबाट आउने मुक्त हलियाहरुले चर्को पैसा गाउँपालिकालाई तिरेर सिफारिस माग्नु दुखद भएको बताए ।

कार्यालय प्रमुख सार्कीले भने हामी सँग कुनै गाउँपालिकाको सिफारिस कर लिने विषयमा सम्झौता सहमती नभएको स्पष्ट पारे । गाउँपालिकाले जग्गा खरिदको ५ हजार घर मर्मतको १ हजार घर निर्माणको ३ हजार शुल्क लगाएको हलियाका अगुवाहरु बताउछन् । हलियाका अगुवाहरु भन्छन् गाउँपालिकाले कुनै विधि नीति नियम नबनाई गरिब मुक्त हलियाहरुलाई चर्को कर लगाउनु कानून विपरित बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *