८० जना न्यायाधीशको पद जोखिममा

काठमाडौं – उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनःन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममा परेको हो ।

सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कुरा गर्न नमिल्ने बताउँदै पछि फैसला जस्तो पनि आउन सक्ने टिप्पणी गरे ।

ती न्यायाधीशहरूको नियुक्ति बदर हुनसक्ने र हुन नसक्ने दुवै सम्भावना रहेको तर्क गर्दै भने, ‘यथास्थितिमा रहेको यो मूद्दाको हार जीत जे पनि हुन सक्छ, यसअर्थमा उहाँहरूको पद संकटमा पर्न पनि सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *