१२ जिल्लामा मुक्त हलियाका अगुवानै घुसकाण्डमा मुछिएको आशंका

नवराज भण्डारी
१ करोड १८ लाख मुक्त हलिया पुर्नस्थापना कार्यक्रममा घुसकाण्ड डडेल्धुरामा मात्र सिमित नभई १२ वटै जिल्लामा खोजीको विषय बन्न पुगेको छ । डेडेल्धुरामा मुक्त हलियाबाट घुस लिएको समाचार गत चैत्रमा हिन्दकुश साप्ताहिकले शुरुगरे यता डडेल्धुरामा लाखौं रुपैया घुस फिर्ता समेत भएको छ भने घुसकाण्ड झन झन बल्झीदै गएको छ ।

हिन्दकुश साप्ताहिकलाई प्राप्त रिपोर्ट सार्वजनिक भएको छ । कन्चनपुरमा पदम सार्की, सिपी लुहार मालपोतका कर्मचारी शंकर कलौनी लगायत लाई आशंका स्थानीयले गरेका छन् ।

उठाएको रकम मध्ये ३ लाख ६४ हजार रुपैया फिर्ता समेत भएको कन्चनपुरका दलित अगुवा राजेश वि.क.ले बताए । यसै गरी कन्चनपुरमै १ सय भन्दा बढी उजुरी परेको वि.क.ले बताए । नेपाल दलित पार्टीका केन्द्रीय सदस्य समेत रेहेका वि.क.ले मुक्त हलियाका अगुवा मिली घुस उठाउने गरेको आरोप समेत लगाए ।

यसै गरी हुम्ला र सुर्खेत जिल्लामा मुक्त हलियाबाट घुस लिएको नेपाल दलित पार्टीले जनाएको छ । कन्चनपुरमा मात्रै नभई सुर्खेतमा पनि २० हजारका दरले यामलाल मल्लले घुस उठाएको रिपार्ट सार्वजनिक भएका छन् ।

मुक्त हलिया समाजका केन्द्रिय महासचिव पर्वत सुनारका सालाले १० हजारका दरले घुस उठाएको आरोप लागेको छ । मुक्त हलिया महासंघका अगुवा मध्ये हुम्लामा मालपोतमा कार्यरत सुपरभाईजर समेत घुसकाण्डमा मुछिएको आरोप लागेको छ । दार्चुलाका मालपोतमा कार्यरत सुपरभाईजर र दानी राम तिरुवा अल्लोको कोट पाईन्ट सिलाईएको ४ लाख उठाएको खबर छ ।

मालपोतमा कार्यरत हलिया सुपरभाईजर रबी सर्कीले १० हजारका दरले घुस उठाएको आरोप छ । मुक्त हलिया केन्द्रिय कार्यदलका सदस्य डम्मर वि.क.डोटीमा मालपोतका कर्मचारी र सदस्य नरी चुनारा सुर्खेत जिल्लामा १ लाख रुपैया फिर्ता गराउने गरी लिखित कागज गराईएको खबर समेत आएका छन् । मुक्त हलिया समाजका महासंघका पूर्व अध्यक्ष राजु राम भुलका अनुसार मुक्त हलियाबाट घुस खानेहरुलाई आफूहरुले नछोड्ने बताएका छन् ।

सुर्खेतका मुक्त हलियाका पूर्व अध्यक्षले प्रत्येक बस्तीका परिवारबाट २० हजारका दरले रकम उठाएको प्रमाण समेत आएका छन् । बैतडीमा समेत घुस लिएर गुपचुप फिर्ता गरीएको खबर आएको छ । ठूलो रकम घुस लिएको खबर बाहिर आए पछि मुक्त हलियाहरु आफ्नो रकम फिर्ता गराउने अभियानमा लगेकाछन् ।

यसै गरी डडेल्धुरामा मालपोत कार्यालयका लेखापाल दिल बहादुर ऐर मान बहादुर वि.क. तुलाराम सार्की, करन ताम्राकारका नाउँमा जिल्ला प्रशासनमा उजुरी छ भने नबदुर्गामा खडक कैनी, गन्यापधुरामा गणेश वि.क. भित्री मधेश क्षेत्रमा समेत हलिया अगुवा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोगले घुस मागेको प्रमाण मागेको भए पनि कानूनी रुपमा घुस लिईरहेको प्रमाण अफुहरुले आवश्यक परे दिन सक्ने नेपाल दलित पार्टीका जिल्ला अध्यक्ष राम बहादुर टमटाले बताए । शनिबार राष्ट्रिय दलित पार्टीको डडेल्धुरामा आयोजित भेलाले मुक्त हलियाको घुसकाण्डमा मुछिएकाहरुलाई कानूनी कट्घरामा ल्याउन शान्तिपूर्ण आन्दोलन गर्ने समेत जनाएको पार्टीका जिल्ला अध्यक्ष राम बहादुर टमटाले बताए ।

 समसामयिक  बिषयमा कलम चलाउने भण्डारी झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी टपलाईन खबरका लागि स्थापना कालदेखि कलम चलाउदै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.